पर्साको धोबिनी गाउँपालिकाका बासिन्दाहरूले गाउँमै नागरिकता वितरण, मालपोत, नापी, भूमिसुधार जस्ता सेवाहरू विस्तार गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीमार्फत बुझाइएको ज्ञापनमा संघीयताको एक दशक बितिसक्दा पनि जिल्लामा सेवाहरू केन्द्रीकृत हुँदा अधिकांश जनता प्रभावित भएको उल्लेख छ । स्थानीय ललन कुर्मीले वीरगंजसम्म सेवा लिन जाँदा समय र पैसाको ठूलो खर्च हुने बताउँदै, नजिकका बारा र रौतहटमा सेवा विस्तार भइसकेको अवस्थामा पर्सामा ढिलाइ भएको गुनासो गरेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले मागलाई जायज भन्दै समस्या समाधानका लागि पहल गरिने बताए ।