शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #उपेन्द्रकुमार साह
  • #सीआईबी
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #हुण्डी कारोबार
  • #सम्पत्ति शुद्धीकरण
  • #संगठित अपराध
  • #वित्तीय अपराध
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • जलविद्युत् लाइसेन्समा कडाइ, ‘झोलामा खोला’ राख्नेको अनुमतिपत्र खारेज गरिने
जलविद्युत् लाइसेन्समा कडाइ, ‘झोलामा खोला’ राख्नेको अनुमतिपत्र खारेज गरिने
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, जेठ २७, २०८३
A1 Beakery Add A1 Beakery Add

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ समक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले बुधबार प्रतिवेदन पेस गरेको छ ।

प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले समितिले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पूरा गरेको भन्दै सदस्यहरूलाई धन्यवाद दिएका छन् । उनले प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी तथा प्राविधिक मूल्याङ्कन गरी तत्काल कार्यान्वयन प्रक्रिया अघि बढाइने बताएका छन् ।

मन्त्रिपरिषद्को १०० बुँदे शासकीय सुधार कार्ययोजनाको बुँदा ७४ (ख) अनुसार विद्युत् विकास विभागबाट जारी भएका अनुमतिपत्रहरूको समीक्षा गर्न गत चैत १९ गते उच्चस्तरीय समिति गठन गरिएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मोहन शाक्यको संयोजकत्वमा गठित समितिमा डा. दिवसबहादुर बस्न्यात, निकुञ्ज भण्डारी, शालिकराम भण्डारी र जीवन राना मगर सदस्य रहेका थिए ।

समितिले हालसम्म जारी भएका अनुमतिपत्रहरूको अवस्था तथा प्रगतिबारे विस्तृत अध्ययन गर्दै अनुमति वितरण प्रक्रियामा रहेका नीतिगत, प्राविधिक, आर्थिक तथा कानुनी कमजोरी पहिचान गरी सुधारका सुझावसहित प्रतिवेदन मन्त्रालयमा बुझाएको हो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रतिवेदनमा विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेपछि पनि लामो समयसम्म निर्माण कार्य अघि नबढाउने प्रवर्द्धकहरूको अनुमतिपत्र विद्युत् ऐन, २०४९ को दफा ८ बमोजिम खारेज प्रक्रिया अघि बढाउन सिफारिस गरिएको छ ।

समितिले अनुमतिपत्र वितरण प्रणालीलाई थप पारदर्शी, प्रतिस्पर्धात्मक तथा राष्ट्रहितअनुकूल बनाउन नीतिगत सुधार आवश्यक रहेको औँल्याएको छ । प्रतिवेदनमा विद्युत् ऐन, २०४९, विद्युत् नियमावली, २०५०, जलविद्युत् विकास नीति, २०५८ तथा अनुमतिपत्रसम्बन्धी निर्देशिकामा रहेका बाझिने र द्विविधापूर्ण प्रावधानहरूको पुनरावलोकन गरी कानुनी संशोधनमार्फत एकरूपता कायम गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस्तै, विद्युत् आयोजनाको अनुमतिपत्र तथा लगानी स्वीकृतिसम्बन्धी विषयमा लगानी बोर्ड, उद्योग मन्त्रालय र ऊर्जा मन्त्रालयबीच देखिएको कार्यक्षेत्रको दोहोरोपन हटाई स्पष्ट जिम्मेवारी निर्धारण गर्नुपर्ने सुझाव दिइएको छ । अनुमतिपत्र संशोधन, आयोजना बैंक व्यवस्थापन तथा अनुमतिपत्र बिक्री वा हस्तान्तरणजस्ता विषयलाई निर्देशिकाभन्दा माथिल्लो कानुनी तहमा समेटेर नियमावलीमै व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

समितिले उत्पादन अनुमतिपत्रको अवधि समाप्तिपछि आयोजनाको स्वामित्व हस्तान्तरण, सञ्चालन व्यवस्थापन तथा राजस्व प्राप्तिको प्रक्रियाबारे स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ ।

हाल लागू रहेको ‘फर्स्ट कम, फर्स्ट सर्भ’ प्रणालीलाई प्रतिस्पर्धात्मक बोलपत्र प्रणालीमा रूपान्तरण गर्नुपर्ने सुझाव दिँदै समितिले विद्युत् व्यापारसम्बन्धी व्यवस्था तथा संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र स्पष्ट हुने गरी नयाँ विद्युत् ऐन ल्याउन सिफारिस गरेको छ । साथै राष्ट्रिय विद्युत् विकास योजना, प्रसारण लाइन मास्टर प्लान, विद्युत् मागको मास्टर प्लान तथा न्यूनतम लागत उत्पादन योजना तयार गर्नुपर्ने सुझाव पनि दिइएको छ ।

त्यसैगरी वन, संरक्षण क्षेत्र, राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रसँग सम्बन्धित वातावरणीय स्वीकृति र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रक्रिया १२ महिनाभित्र सम्पन्न हुने कानुनी व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विद्युत् आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति, वन क्षेत्र उपयोग, विस्फोटक पदार्थ आपूर्ति तथा प्रयोगलगायतका प्रक्रियामा देखिएका अवरोध हटाउन ‘सनसेट कानुन’ ल्याई आयोजनासम्बन्धी सम्पूर्ण अनुमति तथा स्वीकृतिहरू एकद्वार प्रणालीमार्फत उपलब्ध गराउने व्यवस्था गर्न पनि समितिले सिफारिस गरेको छ ।

भिडियाे सामाग्री

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  ११:२१
#नेपाल सरकार #जलविद्युत् आयोजना #ऊर्जा मन्त्रालय #पीपीए #विराजभक्त श्रेष्ठ #एकद्वार प्रणाली #विद्युत् विकास विभाग #विद्युत् ऐन २०४९ #जलविद्युत् नीति #ऊर्जा क्षेत्र सुधार #अनुमतिपत्र समीक्षा #राष्ट्रिय विद्युत् विकास योजना #इआइए
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
कृषि अनुदान दिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ
कृषि अनुदान दिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ बिहीबार, कात्तिक १२, २०८३
प्रहरी महानिरीक्षकको अध्यक्षतामा पीसीसी बैठक बस्दै
प्रहरी महानिरीक्षकको अध्यक्षतामा पीसीसी बैठक बस्दै बिहीबार, कात्तिक १२, २०८३
नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोगमा शुल्क लाग्ने, कुन सवारीलाई कति  ?
नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोगमा शुल्क लाग्ने, कुन सवारीलाई कति ? बिहीबार, कात्तिक १२, २०८३
चक्रवात‘अर्र्नब’को प्रभाव: शनिबारसम्म वर्षा र हिमपातको सम्भावना
चक्रवात‘अर्र्नब’को प्रभाव: शनिबारसम्म वर्षा र हिमपातको सम्भावना बिहीबार, कात्तिक १२, २०८३
नेपाल प्रहरीको अनलाइन सेवा तथा एपमा समस्या, सेवा प्रभावित
नेपाल प्रहरीको अनलाइन सेवा तथा एपमा समस्या, सेवा प्रभावित बुधबार, कात्तिक ११, २०८३
अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने
अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने बुधबार, कात्तिक ११, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
सार्वजनिक अतिक्रमण हटाउन र प्रदूषण नियन्त्रणमा सक्रिय भूमिका खेलेको भन्दै जिराभवानीकी उपाध्यक्ष रेखा चौधरी सम्मानित
सार्वजनिक अतिक्रमण हटाउन र प्रदूषण नियन्त्रणमा सक्रिय भूमिका खेलेको भन्दै जिराभवानीकी उपाध्यक्ष रेखा चौधरी सम्मानित वीरगंज सिटी
धोबिनीमा वृद्धा हत्या प्रकरण : तीन आरोपी कारागार चलान
धोबिनीमा वृद्धा हत्या प्रकरण : तीन आरोपी कारागार चलान वीरगंज सिटी
बैंकको सीएसआर रकम वीरगंजकै समाजमा लगानी गर्न सांसद पन्तको आग्रह
बैंकको सीएसआर रकम वीरगंजकै समाजमा लगानी गर्न सांसद पन्तको आग्रह वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
छठ नजिकिँदै छ, तर सिर्सिया नदी दुर्गन्धित र प्रदूषित छ। आस्था र जनस्वास्थ्यसँग जोडिएको यो समस्याको जिम्मेवारी कसले लिने र नदी कहिले सफा हुने ?
छठ नजिकिँदै छ, तर सिर्सिया नदी दुर्गन्धित र प्रदूषित छ। आस्था र जनस्वास्थ्यसँग जोडिएको यो समस्याको जिम्मेवारी कसले लिने र नदी कहिले सफा हुने ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
पाकिस्तानी खेलाडी फर्किएपछि जनकपुर बोल्ट्समा बंगलादेशका दुई खेलाडी अनुबन्ध
पाकिस्तानी खेलाडी फर्किएपछि जनकपुर बोल्ट्समा बंगलादेशका दुई खेलाडी अनुबन्ध वीरगंज सिटी
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP