नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन् ।
प्रहरी उच्च स्रोतका अनुसार आईजीपी कार्कीको नेतृत्वमा प्रहरी प्रधान कार्यालयमा बस्ने बैठक दिउँसो २ बजेका लागि तय गरिएको छ ।
प्रहरी संगठनका नीतिगत विषयमा छलफल तथा निर्णय गर्न पीसीसीको बैठक बस्ने गर्छ। बैठकमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) भन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीहरू सहभागी हुने बताइएको छ ।
यद्यपि, यसपटकको बैठकमा कुन विषयमा छलफल हुने भन्नेबारे स्पष्ट जानकारी प्राप्त भएको छैन । बैठकका एजेन्डाबारे औपचारिक रूपमा सार्वजनिक जानकारीसमेत आइसकेको छैन ।