पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले १०० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस विज्ञप्तिअनुसार विशेष सूचनाको आधारमा खटिएको संयुक्त टोलीले जगन्नाथपुर गाउँपालिका–३ स्थित मुरैया चोक नजिकको खेतमा पाँच वटा चामलको बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको हो ।
मिति २०८३ जेठ ३१ गते गरिएको अपरेशनका क्रममा बरामद गरिएको १०० किलो गाँजा रीतपूर्वक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरिएको लागूऔषधसँग सम्बन्धित व्यक्ति वा समूहको खोजी तथा अनुसन्धान कार्य जारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।