वीरगंजका एक विद्यार्थी ललितपुरको जावलाखेलस्थित डीएभी कलेज परिसरमा मृत अवस्थामा फेला परेका छन् ।
पर्सा वीरगंज महानगरपालिका–२२ का १८ वर्षीय आर्यन सिंह प्लस टु तहमा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।
उनी सोमबार बिहान करिब १० बजे कलेज परिसरमा गम्भीर घाइते अवस्थामा फेला परेका थिए। घटनापछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।