बाराको महागढीमाई नगरपालिका–१, डिही टोलस्थित वडा नम्बर १ कार्यालय अगाडि पार्किङ गरी राखिएको इलेक्ट्रिक ई–लोडर अचानक स्टार्ट हुँदा भएको दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान करिब १०:३० बजे म.प्र.०३–००२ स.२८६२ नम्बरको इलेक्ट्रिक ई–लोडरमा ५ देखि ७ जना बालबालिका खेलिरहेका बेला सवारीसाधन अचानक स्टार्ट भई दुर्घटना भएको हो ।
दुर्घटनामा स्थानीय सजाद मियाकी करिब ६ वर्षीया छोरी तबसुन खातुन गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा चिकित्सकले बिहान ११ बजे तबसुनलाई मृत घोषणा गरेको बारा प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।