धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ६७ अंकले घटेर दुई हजार ६०१ दशमलव ९२ बिन्दुमा कायम भएको छ ।
ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४९ अंकले घटेर ४५४ दशमलव १९ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट परिसूचक एक दशमलव २१ अंकले घटेर १७८ दशमलव ६८ बिन्दुमा कायम भएको छ भने सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ९२ अंकले घटेर १५३ दशमलव ६७ बिन्दुमा पुगेको छ ।
आज कुल ८७ लाख ५१ हजार ३८० कित्ता शेयर चार अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँ बराबरको खरिद–बिक्री भएको नेप्सेले जनाएको छ । कारोबार भएका सबै १३ उपसमूहका परिसूचक घटेका छन् । आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आजको कारोबारमा उपकार लघुवित्त वित्तीय संस्था, स्नो रिभर लिमिटेड र कुमारी सबल योजनाका लगानीकर्ताले सर्वाधिक लाभ कमाएका छन् । यता बीओके डिबेञ्चर, सल्पा विकास बैंक र थ्रिस्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।