काठमाडौं । निर्देशक एस.एस. राजामौलीको बहुप्रतीक्षित फिल्म ‘वाराणसी’ बाट अभिनेत्री प्रियंका चोपडाको पहिलो झलक सार्वजनिक गरिएको छ ।
प्रियंकाको जन्मदिनको अवसर पारेर शनिबार निर्माण टिमले फिल्मका दुई नयाँ पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा प्रियंकालाई ‘मन्दाकिनी’ नामक पात्रको भूमिकामा प्रस्तुत गरिएको छ ।
एक्सन तथा साहसिक कथामा आधारित यस फिल्मको कथा हजारौँ वर्ष लामो समयरेखामा आधारित रहेको जनाइएको छ । फिल्मको कथा अन्टार्कटिकादेखि अफ्रिका हुँदै भारतको वाराणसीसम्म विभिन्न स्थानमा फैलिएको छ ।
फिल्ममा प्रियंका चोपडासँगै अभिनेता महेश बाबु र पृथ्वीराज सुकुमारन मुख्य भूमिकामा अभिनय गर्दै छन् ।
निर्माण टिमका अनुसार ‘वाराणसी’ सन् २०२७ अप्रिल ७ मा विश्वभर एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको छ ।