प्रहरीले बाराको कलैया उपमहानगरपालिका–१९ पचायनपुरबाट करिब ७५० ग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २० वर्षीय सनोज पटेल रहेका छन् । अस्थायी प्रहरी पोष्ट गंगापुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति पटेलले सञ्चालन गर्दै आएको घुम्ती पसलमा तलासी गर्दा अवैध लागूऔषध गाँजाजस्तो देखिने पदार्थ फेला पारेको हो । प्रहरीले उक्त पदार्थ बरामद गरी पटेललाई नियन्त्रणमा लिएको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।