काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३३.२८ अंकले घटेर २,७०१.३२ विन्दुमा कायम भएको हो ।
आज ३६० वटा कम्पनीको १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयर ६ अर्ब ८ करोड ८ लाख ६३ हजार ३५४ रुपैयाँ बराबरमा खरिद–बिक्री भएको छ ।
कारोबारमा सहभागी कम्पनीहरूमध्ये ३६ वटा कम्पनीको सेयर मूल्य बढेको भने २३४ वटा कम्पनीको सेयर मूल्य घटेको छ। पाँच वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले वृद्धि भएको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १३.३८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड अग्रस्थानमा रह्यो। कम्पनीको ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
त्यस्तै, ग्लोबल आईएमई बैंकको २८ करोड रुपैयाँ, रिडी पावर कम्पनीको २२ करोड रुपैयाँ, कुमारी बैंकको १७ करोड रुपैयाँ तथा सेन्ट्रल फाइनान्सको १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
उपसूचकतर्फ बैंकिङ र म्युचुअल फन्ड समूहबाहेक अन्य सबै समूहका सूचक ओरालो लागेका छन् ।