जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाको चारकिल्ला क्षेत्रभित्र १३ घण्टे निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार साउन १५ गते साँझ ५:०० बजेदेखि साउन १६ गते बिहान ६:०० बजेसम्म वीरगंज महानगरपालिकाको तोकिएको चारकिल्लाभित्र पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन, भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा उल्लेख छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जारी गरिएको उक्त आदेशको उल्लङ्घन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।
निषेधाज्ञा लागू हुने क्षेत्र (चारकिल्ला):
पूर्व: प्रतिमा चोक – बसपार्क बाइपास रोड
पश्चिम: तिलावे पुल
उत्तर: गणडक चोक
दक्षिण: शंकराचार्य गेट
जिल्ला प्रशासन कार्यालयले शान्ति, सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्नका लागि उक्त अवधिसम्म सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ ।