नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साउन २४ गते नेपाल फर्किने भएका छन् ।
उपचारका लागि हङकङमा रहेका देउवा चिकित्सकको सल्लाहअनुसार थप एक साता आराम गरेपछि स्वदेश फर्किन लागेका हुन् । देउवा निकट स्रोतका अनुसार उहाँले यसअघि नै नेपाल फर्किने तयारी गर्नुभएको थियो। तर चिकित्सकले थप विश्राम गर्न सुझाव दिएपछि फर्कने मिति साउन २४ गते तय गरिएको हो ।
देउवा जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेपछि उपचारका लागि श्रीमतीसहित हङकङ जानुभएको थियो । साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुने नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई लक्षित गर्दै उहाँ स्वदेश फर्किन लाग्नुभएको बताइएको छ ।