1) मधेस प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने सहमति अझै कार्यान्वयन गर्न सकेको छैन । मुख्यमन्त्रीसहित नौ सदस्यीय मन्त्रिपरिषद् बनाउने सहमति भएको तीन साता बितिसक्दा पनि प्रक्रिया अघि बढेको छैन ।
2) पर्साको वीरगञ्ज–२४ बहुअरी चोक नजिक हुलाकी सडकमा भारतीय ग्यास ट्याङ्करले ई–रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते भएका छन् ।
3) मधेश प्रदेशमा एलपी ग्यासको अभाव बढ्दै जाँदा पर्सा र बारा प्रशासनले कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन तीव्र बनाएका छन् ।
4) रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पेट्रोल बोकेको ट्याङ्करमा आगलागी हुँदा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
5) बारा र सर्लाहीमा करेन्ट लाग्ने छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिकामा बिजुलीको पोलमा हुक लगाउने क्रममा करेन्ट लागेर ६० वर्षीय गणेश महतो कोईरीको ज्यान गएको हो ।
6) यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८२र८३ मा ५७ करोड १५ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
7) सिरहा र सुनसरीमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका चार जनाको सम्झनामा गोलबजारमा संयुक्त श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
8) सर्लाहीको मलङ्गवामा सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल कालोबजारी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
9) धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित नेपाल रेडक्रसको सामुदायिक विकास केन्द्र बेवारिसे बन्दै गएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
10) लगातारको वर्षापछि रौतहटको राजपुर नगरपालिका क्षेत्रमा लालबकैया खोलामा पानीको बहाव बढ्दा हुलाकी राजमार्ग डुबानमा परेको छ ।