पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१६ बाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ निवासी १९ वर्षीय राहुल यादवसहित दुई जना रहेका छन् ।
शुक्रबार दिउँसो प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.११ प ५०२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट करिब १ ग्राम २ सय १० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको हो ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।