काठमाडौं - नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको ११ दिनमै घरेलु बक्स अफिसमा २० करोड रुपैयाँ कमाइ गरेको छ ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार आइतबारसम्म फिल्मले २० करोड ७३ लाख ग्रस कलेक्सन गरेको हो । यो कलेक्सनबाट निर्मातालाई साढे ८ करोड रुपैयाँ सेयर प्राप्त हुने अनुमान छ ।
फिल्म देशभरका १०० हल र ४५० भन्दा बढी शोबाट प्रदर्शन हुँदैछ । यो गति कायम रहे ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्ड राख्न सक्छ ।