वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा एम.ए तहको परीक्षा सञ्चालन भइरहेका बेला मोबाइल प्रयोग गरेको विषयलाई लिएर विवाद भएको छ । घटनापछि एक परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अपराह्न करिब ३ बजे एम.ए तहको परीक्षा चलिरहेका बेला स्ववियु सभापति राज यादवले परीक्षार्थी आयुष यादवले मोबाइल फोन प्रयोग गरी परीक्षा दिइरहेको आरोप लगाउँदै परीक्षा कक्षमा पुगेर चेकजाँच गर्न खोजेपछि विवाद उत्पन्न भएको हो ।
चेकजाँचका क्रममा भनाभन बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी टोली क्याम्पस परिसर पुगेको थियो । घटनापछि प्रहरीले परीक्षार्थी आयुष यादवलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनापछि क्याम्पसमा अप्रिय अवस्था सिर्जना हुन नदिन परिसर तथा क्याम्पस गेटमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।