टप टेन मधेश
१०
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश प्रहरी समायोजन प्रक्रिया शीघ्र अघि बढाउन संघीय गृहमन्त्री सुदन गुरुङसँग आग्रह गर्नुभएको छ ।
२०
मधेश प्रदेशका आठवटै जिल्लामा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाइ गर्दै एक वर्षमा ७५ करोड २८ लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ ।
३०
पर्साको पोखरिया प्रादेशिक अस्पतालमा करिब एक वर्षदेखि एक्स–रे सेवा र ६ महिनाभन्दा बढी समयदेखि टोकन मेसिन बन्द हुँदा उपचारका लागि आउने बिरामी तथा सेवाग्राही समस्यामा परेका छन् ।
४०
देशभर देखिएको रेबिजविरुद्धको खोप ९एआरभी० अभावको असर मधेश प्रदेशका सरकारी स्वास्थ्य संस्थामा पनि परेको छ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा एक महिनादेखि खोप उपलब्ध छैन ।
५०
मधेस प्रदेशको यातायात व्यवस्था कार्यालय जनकपुरले करिब एक महिनापछि नयाँ सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा पुनः सुरु गरेको छ । कार्यालयका अनुसार हाल ‘ए’ र ‘के’ वर्गका लागि परीक्षा सञ्चालन गरिएको छ ।
६०
जिल्ला प्रहरी कार्यालय सप्तरीले साउन १ देखि २३ गतेसम्म हराएका २६ जनामध्ये २० जनालाई सकुशल फेला पारेको जनाएको छ । हराउनेमा १२ महिला, १२ बालिका, एक बालक र एक पुरुष थिए। फेला परेकामध्ये १० महिला, आठ बालिका, एक बालक र एक पुरुष छन् ।
७०
मधेश प्रदेशमा चर्को घाम र बढ्दो गर्मीका कारण जनजीवन प्रभावित भएको छ । पर्याप्त वर्षा नहुँदा किसान, विद्यार्थी, मजदुर तथा स्वास्थ्य क्षेत्रमा समेत असर परेको छ ।
८०
जिल्ला प्रशासन कार्यालय पर्साले विद्युत् आपूर्ति तथा इन्टरनेट सेवा प्रदायक संस्थालाई आफना सेवा नियमित र भरपर्दो तुल्याउन अनुरोध गरेको छ ।
९०
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१७ स्थित जैतापुर–रामनगर जोड्ने पसाहा खोलाको पुल शिलान्यास भएको करिब चार वर्ष पुग्न लाग्दा पनि निर्माण सुरु हुन सकेको छैन ।
१००
लेप्रोसी मिसन नेपालले सिमरामा कुष्ठरोग प्रभावित तथा सीमान्तकृत समुदायका स्वयं सहायता समूहका अगुवालाई दुईदिने नेतृत्व तथा पैरवी तालिम दिएको छ। तालिममा बारा, पर्सा र रौतहटका २२ जना अगुवा सहभागी थिए ।