जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १३ बस्ने सोनालाल कुशवाहाको घरको छतमा जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले जुवाखालबाट एक लाख ४५ हजार ५४० रुपैयाँ र ३ वुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका वडा नं. ११ का ४२ वर्षीय बिमल बहादुर क्षेत्री, वडा नं. ४ का ४६ वर्षीय धुरेन्द्र प्रसाद यादव, वडा नं. १७ का ४५ वर्षीय जयराम प्रसाद, ५९ वर्षीय गणेश कुमार थापा, ३१ वर्षीय राम श्रेष्ठ, र १७ का नरेश बहादुर सिंह पौडेल रहेका छन् ।पक्राउ उनिहरू विरुद्ध जुवा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरूलाई तालुक जिल्ला प्रशासन कार्यालय पर्साबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।