पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ४, बखनरवामा निःशुल्क स्वास्थ्य परीक्षण तथा न्यानो वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम नेपाल हेल्थ क्पस नेशनल मेडिकल कलेजका एम्बासडर एमडी उमर देवानको नेतृत्वमा आयोजना गरिएको हो । कार्यक्रममा डा. मिना कुमार साह, डा. कुमुद लोहबारिया र डा. बिजय कुमार ज्याखो लगायत चिकित्सकहरूले स्वास्थ्य परामर्श दिएका थिए ।
कार्यक्रमबाट दम, मधुमेह जस्ता दीर्घकालीन रोगहरूको परीक्षण सहित सयाैँ स्थानीयवासी लाभान्वित भएका छन् । कार्यक्रममा नेपाल हेल्थ क्पस नेशनल मेडिकल कलेजका ४२ जना मेडिकल विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो ।