वीरगंजस्थित यातायात कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राहीले सहज र छरितो सेवा पाइरहेका छन् त ? कि सेवा लिन अझै पनि लामो लाइन, झन्झट र सास्ती व्यहोर्नुपर्ने अवस्था छ ?
सवारी चालक अनुमतिपत्र, नवीकरण, सवारी दर्ता तथा अन्य यातायातसम्बन्धी सेवा लिन दैनिक ठूलो संख्यामा सेवाग्राही यातायात कार्यालय पुग्ने गरेका छन् । तर कार्यालयको सेवा प्रवाह, व्यवस्थापन र सेवाग्राहीले भोग्नुपरेका समस्याबारे भने प्रश्न उठ्दै आएका छन् ।
सेवा लिन जाँदा समयमै काम हुने, आवश्यक जानकारी सहजै पाउने र अनावश्यक झन्झट व्यहोर्नु नपर्ने अवस्था छ कि छैन भन्ने विषयमा आजको ‘हामीलाई भन्नुछ’ मा सेवाग्राहीको अनुभव र गुनासो समेट्दैछौँ ।