शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #धरौटीमा रिहा
  • #कारागार चलान
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #सीआईबी
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #हुण्डी कारोबार
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • जलेश्वर नाकाबाट ८ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात
जलेश्वर नाकाबाट ८ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात जलेश्वर नाकाबाट एक वर्षमा ८ अर्ब ४५ करोडको कृषिजन्य वस्तु आयात
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, भदौ २२, २०८३
A1 Beakery Add A1 Beakery Add

महोत्तरीको जलेश्वर भन्सार नाका हुँदै आर्थिक वर्ष २०८२/८३ मा भारतबाट ८ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका कृषिजन्य तथा खाद्य वस्तु नेपाल भित्रिएका छन् । स्वदेशमै उत्पादन गर्न सकिने कृषि उपजसमेत ठूलो परिमाणमा आयात हुन थालेपछि नेपालको कृषि क्षेत्रको बढ्दो परनिर्भरता तथ्यांकमार्फत देखिएको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, क्वारेन्टाइन कार्यालय जलेश्वर, महोत्तरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा भारतबाट जलेश्वर नाका हुँदै कुल ८ अर्ब ४५ करोड ५५ लाख ८० हजार रुपैयाँ मूल्य बराबरका खाद्यान्न तथा प्रशोधित कृषिजन्य वस्तु आयात भएका हुन् । यस अवधिमा यस्ता वस्तुको कुल आयात परिमाण २ लाख ३६ हजार ३८८ दशमलव ५ मेट्रिक टन रहेको छ । क्वारेन्टाइन कार्यालय जलेश्वरका निमित्त प्रमुख किशोरकुमार यादवका अनुसार आयातित वस्तुको समूहगत विवरण हेर्दा सबैभन्दा ठूलो हिस्सा प्रशोधित तथा अन्य कृषिजन्य खाद्य वस्तुले ओगटेको छ ।

यस समूहअन्तर्गत मात्रै ३ अर्ब ८९ करोड ४६ लाख ४० हजार रुपैयाँ मूल्य बराबरका वस्तु आयात भएका छन् । कसुरी मेथी, मेथी दाना, हिङ, धनियाँ दाना, बेसार, कालो मरिच, राइस ब्रान, राइस डिडिजी, सोया फिट, कनिका, बिडीका पातलगायत सामग्री यस समूहमा पर्छन् । यी वस्तु मात्रै १ लाख १ हजार ४६६ दशमलव ५ मेट्रिक टन आयात भएको विवरणमा उल्लेख छ । यसमध्ये बिडीका पातको आयात ४३५ दशमलव ४ मेट्रिक टन रहेको छ ।

प्रशोधित कृषिजन्य वस्तुपछि धान, चामल, गहुँ, जौ र बाजरालगायत खाद्यान्नको आयात उल्लेख्य छ । यी खाद्यान्न वस्तुको आयातमा मात्रै १ अर्ब ४९ करोड ५३ लाख रुपैयाँ बराबर रकम भारत गएको छ । खाद्यान्न समूहमा धानको हिस्सा विशेष ठूलो देखिन्छ । गत आर्थिक वर्षमा जलेश्वर नाका हुँदै २६ हजार ७७४ मेट्रिक टन धान आयात भएको छ । यसको मूल्य मात्रै ८५ करोड ६८ लाख रुपैयाँ रहेको क्वारेन्टाइन कार्यालयको तथ्यांकले देखाएको छ । धानसँगै बासमती चामल, चामल, गहुँ, मकै, जौ र बाजरा पनि भारतबाट ल्याइएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

त्यस्तै, तरकारी तथा तरकारीजन्य खाद्य वस्तुको आयातमा पनि ठूलो रकम बाहिरिएको छ । यस समूहका वस्तु आयातमा करिब १ अर्ब ३६ करोड ९८ लाख ४० हजार रुपैयाँ खर्च भएको छ । आलु र प्याज यसको मुख्य हिस्सा हुन् । वार्षिक विवरणअनुसार आलु मात्रै करिब ३ अर्ब १८ करोड २४ लाख ६० हजार रुपैयाँ बराबरको आयात भएको छ भने प्याजको आयातमा १ अर्ब २१ करोड २७ लाख २० हजार रुपैयाँ बराबरको रकम बाहिरिएको छ ।

परवल, काक्रो, भण्टा, खुर्सानी, भिन्डी, चुकन्दर, हरियो केराउ, लौका, गाजरलगायतका तरकारीसमेत भारतबाट जलेश्वर नाका हुँदै नेपाल भित्रिएका छन् । तरकारीसँगै धान, बासमती चामल, चामल, गहुँ, मकै, जौ र बाजरालगायत खाद्यान्नको आयातले पनि नेपाली बजारको भारतीय उत्पादनमाथिको निर्भरता स्पष्ट पार्छ । दलहनको आयातमा पनि उल्लेख्य रकम बाहिरिएको छ । गत आर्थिक वर्षमा भारतबाट विभिन्न प्रकारका दाल तथा दलहन आयात गर्दा ३० करोड ६० लाख रुपैयाँ रकम खर्च भएको छ ।

रहर दाल, मास/उडद दाल, चना गेडा, चना दाल, मसुरो दाल, बकुल्ला दाल, राजमा र मुग दाल यस समूहमा आयात भएका छन् । दलहनमध्ये चना र रहर दालको आयात उल्लेख्य देखिन्छ । विवरणअनुसार १ हजार १०७ मेट्रिक टन चना तथा ८४२ दशमलव ६ मेट्रिक टन रहर दाल भारतबाट आयात गरिएको छ । स्वदेशी उत्पादन पर्याप्त हुन नसक्दा नेपाली उपभोक्ता र बजार भारतबाट आउने दलहनमा समेत निर्भर हुनुपरेको तथ्यांकले देखाएको छ ।

फलफूलको आयातमा पनि ठूलो रकम बाहिरिएको छ । भारतबाट स्याउ, सुन्तला, अनार, केरा, अंगुर, नरिवल, अम्बा, सरिफा, मेवा, अंजीर, लिची र भुइँकटहरलगायत फलफूल आयात गरिएको छ । गत आर्थिक वर्षमा यस्ता फलफूल ९ हजार ७२५ मेट्रिक टन आयात हुँदा यसको मूल्य करिब ७० करोड रुपैयाँ रहेको छ । फलफूलमध्ये स्याउको आयात सबैभन्दा बढी छ । तथ्यांकअनुसार भारतबाट करिब २२ करोड ३७ लाख रुपैयाँ बराबरको स्याउ आयात भएको छ । त्यसपछि अनारको आयातमा २० करोड ८५ लाख रुपैयाँ र अंगुरमा करिब ११ करोड १९ लाख रुपैयाँ बराबरको रकम बाहिरिएको छ । तेलहनतर्फ ५० लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।

जलेश्वर भन्सार नाकाबाट एक वर्षमा कृषिजन्य वस्तुको आयातमा मात्रै अर्बौं रुपैयाँ बाहिरिनुले नेपालको कृषि उत्पादन र बजार व्यवस्थापनको अवस्थामाथि प्रश्न उठाएको छ । देशभरको आयातसँग तुलना गर्दा कृषि तथा खाद्य वस्तुमा बाहिरिने रकम अझ ठूलो ७ खर्ब रुपैयाँभन्दा बढी रहेको छ ।


प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  १५:४७
#महोत्तरी #नेपाली कृषि #कृषि बजार #धान आयात #खाद्यान्न आयात #भारतबाट आयात #प्लान्ट क्वारेन्टाइन #तरकारी आयात #दलहन आयात #जलेश्वर भन्सार #कृषिजन्य वस्तु आयात #कृषि आयात #कृषि परनिर्भरता #आलु प्याज आयात #फलफूल आयात #कृषिजन्य खाद्य वस्तु
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
पजियार मुनेश्वर सुखल कल्याणकारी ट्रष्टको रक्तदान कार्यक्रम, ३० जनाले गरे रक्तदान
पजियार मुनेश्वर सुखल कल्याणकारी ट्रष्टको रक्तदान कार्यक्रम, ३० जनाले गरे रक्तदान बिहीबार, कात्तिक ५, २०८३
मधेशमा दुर्गा माताको प्रतिमा विसर्जन गर्दै मनाइयो जात्रा पर्व
मधेशमा दुर्गा माताको प्रतिमा विसर्जन गर्दै मनाइयो जात्रा पर्व बिहीबार, कात्तिक ५, २०८३
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित बिहीबार, कात्तिक ५, २०८३
फेसबुकमा हतियार देखाएपछि उमर फारूक प्रहरीको नियन्त्रणमा
फेसबुकमा हतियार देखाएपछि उमर फारूक प्रहरीको नियन्त्रणमा बिहीबार, कात्तिक ५, २०८३
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता बुधबार, कात्तिक ४, २०८३
जीतपुरसिमरा–७ मा नहरमा पुरुषको शव फेला
जीतपुरसिमरा–७ मा नहरमा पुरुषको शव फेला बुधबार, कात्तिक ४, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित वीरगंज सिटी
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै वीरगंज सिटी
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन संजय यादव
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा वीरगंज सिटी
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुर बोल्ट्सको नयाँ रणनीति: मार्की खेलाडी रिलिजदेखि विदेशी कप्तानसम्म
एनपीएलमा जनकपुर बोल्ट्सको नयाँ रणनीति: मार्की खेलाडी रिलिजदेखि विदेशी कप्तानसम्म वीरगंज सिटी
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा वीरगंज सिटी
गरिबीबाट उठेर बलिउडमा चम्किएका कादर खानको सङ्घर्षपूर्ण जीवन
गरिबीबाट उठेर बलिउडमा चम्किएका कादर खानको सङ्घर्षपूर्ण जीवन वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP