जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रूपमा ओसारपसार भइरहेको सालको गोलिया काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी रंगपुर टाँडीबाट खटिएको गस्ती टोलीले गएराति गस्ती गर्ने क्रममा सालको गोलिया काठसहित एक जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार ४ फिट लम्बाइ र ४ फिट मोटाइ भएको सालको गोलिया काठ एक थान तथा काठ ओसारपसारमा प्रयोग गरिएको एक थान साइकल बरामद गरिएको छ।
प्रहरीले नियन्त्रणमा लिइएका व्यक्ति, बरामद काठ र साइकललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सबैयास्थित वन डिभिजन कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको जनाएको छ।