शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #कारागार चलान
  • #सागरकुमार साह
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #राहुलकुमार गुप्ता
यहाँ खोज्नुहोस्
your add here your add here
विशेष खोज
  • गृहपृष्ठ
  • विशेष खोज
  • पोखरिया नगरपालिकामा बेथितिको चाङ, खाता मै घुस दिएको फिर्ता पाउन धर्नादेखि आन्दोलनसम्मकाे सास्ती, उजुरी दिदाँदिदै न्याय नपाएर धाकधम्की खेप्न बाध्य (भिडियाे रिपाेर्ट)
पोखरिया नगरपालिकामा बेथितिको चाङ, खाता मै घुस दिएको फिर्ता पाउन धर्नादेखि आन्दोलनसम्मकाे सास्ती, उजुरी दिदाँदिदै न्याय नपाएर धाकधम्की खेप्न बाध्य (भिडियाे रिपाेर्ट) स्थानीय सरकारबाट नागरिकले पाउने आधारभूत सेवा नै धराशायी अवस्थामा पुगेको छ ।  
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असार २९, २०८३
A1 Beakery Add A1 Beakery Add

पर्साको सदरमुकाम वीरगञ्ज महानगरपछि जिल्लाकै ठूलो नगरपालिका हो, पोखरिया नगरपालिका । यहीँ पोखरियामा स्थानीय सरकारबाट नागरिकले पाउने आधारभूत सेवा नै धराशायी अवस्थामा पुगेको छ ।  

त्यति मात्र नभई पर्साको पोखरिया नगरपालिकाका सयौँ नगर प्रहरी, अस्थाई कर्मचारी, कम्पयूटर अपरेटर लगायतले काम लगाईदिने प्रलोभनमा दिएको घुस माग्न समेत संघर्ष गरिरहेका छन् । तर अझैसम्म फिर्ता पाएका छैनन् । नगर अस्पतालको फार्मेसीमा अत्यावश्यक औषधि छैनन् । अल्ट्रासाउण्ड, एक्स–रे मेसिन लथालिङ्ग अवस्थामा छ । प्रदेश सरकारको अनुदानमा प्राप्त फोहोर जलाउने मेसिन, शव राख्ने फ्रिजसमेत चलाइएको छैन । आवश्यक दक्ष जनशक्तिको अभावै अभाव छ । संयोग मात्र होइन, अस्पताल विकास समितिको अध्यक्ष स्वयं मेयर ९प्रदुमनप्रसाद चौहान० का भाइ उमेशप्रसाद चौहान रहेका छन् ।

स्वास्थ्य मात्र नभई शिक्षा क्षेत्रको अवस्था पनि फरक छैन । नगरपालिकाभित्र ४ वटा माध्यमिक, ६ वटा निम्न माध्यमिक र १९ वटा प्राथमिक विद्यालय सञ्चालनमा छन् । पहिले राम्रो शैक्षिक नतिजा दिँदै आएको उच्चाङ्गल रामदेव कलवार मावि जस्ता विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै गएको छ ।

विद्यालय, पोखरिया अस्पताल जस्तो संवेदनशील संस्थामात्र नभई पोखरिया नगरपालिका भित्रको बेथिति कतिसम्म देखिएको छ भने १ लाख रुपैयाँ घुस दिएर कार्यालय सहयोगीमा नियुक्त सन्तोष यादव, मेघचन्द्र ठाकुर हजाम, विट्टु साह, पप्पुकुमार कानु, जयकरण साह गोढ, सचिन पटेल लगायतले थप रकम दिएपछि नगर प्रहरी बनाइएको थियो । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

नियुक्ति पाएकामध्ये कसैले मासिक सय कडा तीन रुपैयाँ ब्याजमा ऋण लिएर घुस दिएका छन् भने कोही श्रीमतीका गहना धितो राखेर घुस रकमको जोहो गरेकाहरू पनि छन् । यद्यपि, यसरी नियुक्ति पाएर ९/९ महिना काम गरेका धेरैले तलब भने पाएका छैनन् ।

नगरपालिकामा कर्मचारी नियुक्ति, बजेट खर्च र प्रशासनिक निर्णय प्रक्रियामा व्यापक अनियमितता भएको स्थानीयहरुको गम्भीर आरोप रहेको छ । यस विषयमा २ वर्ष अगाडिदेखि अख्तियारदेखि विभिन्न निकायमा उजुरी पर्दा समेत दिएको घुस रकमहरु अझैसम्म फिर्ता पाएका छैनन् । नगरपालिकाकै अभिलेखअनुसार २०७९ फागुन २० देखि २०८१ कात्तिक ११ सम्मको अवधिमा ३८६ जनालाई विभिन्न पदमा नियुक्त गरिएको थियो । ती नियुक्ति प्रक्रिया कानूनी मापदण्डविपरीत भएको र ठूलो मात्रामा रकमको लेनदेन भएको थियो । नियुक्ति अवैधानिक हो भनेर ९/९ महिना खटाएर विना तलब भत्ता कामबाट हटाएको छ भने तिनिहरुले काम गरेको तलब सहित लिएको घुस रकम समेत फिर्ता गर्न धर्ना, विरोध प्रदर्शन लगायतको दबाब दिदैँ आएका छन् । 

धर्ना बसेकाहरु

Pokhariya-Nagarpalika-Parsa-Croption-Story-By-Jiyalal-sah-Cij-Nepal-Special-Report-1773904428.jpg
पोखरिया नगरपालिकामा जागिरका लागी दिएको घुस फिर्ता लिन युवाहरूकाे संघर्ष

पर्साको पोखरिया नगरपालिका–४ का जयकरण साह गोढले २०८१ असारमा पालिकाका एक जना कर्मचारीलाई १ लाख दिएपछि कार्यालय सहयोगीमा नियुक्ति पाए । नियुक्त भएको केही दिनमै आफ्ना साथीहरू नगर प्रहरीमा खटिएको देखेपछि उनलाई पनि नगर प्रहरी बन्ने रहर लाग्यो । उनले आफूलाई नगरपालिकामा नियुक्ति दिन सहयोग गरेका उनै कर्मचारीसँग कुरा गरे । उनकै सल्लाहमा एक सहकारीबाट ऋण लिएर थप एक लाख बुझाएपछि उनी पनि नगर प्रहरी बने । पोखरियाको शेरा फिल्डमा तीन महिना तालिम लिएर वडा नम्बर ४ को वडा कार्यालय मातहत ९/९ महिना खटेका उनले अहिलेसम्म तलब भत्ता पाएका छैनन् नै दिएको घुस रकम समेत पाएका छैनन् ।

नियुक्ति पाएका जयकरण साह गोढ मात्र नभई ऋण लिएर घुस दिएका दर्जनौँ नगर प्रहरी, कम्पयूटर अपरेटरहरुले महिनौँ पिच्छे ब्याज बुझाईरहेका छन् तर न त तलब पाएका छन् न त दिएको रकम नै फिर्ता पाएका छन् । पोखरिया नगरपालिकाका कार्यालय सहयोगी मेघचन्द्र ठाकुरले समेत नगर प्रहरीमा नियुक्तिका लागि २ लाख रुपैयाँ बुझाएका छन् । उनका अनुसार वडा कार्यालयमा कार्यरत एक कर्मचारीको सल्लाहमा उक्त रकम अर्का कर्मचारीलाई बुझाइएको थियो । सर–सापट गरी २ लाख दिएपछि नगर प्रहरीमा खटाइएको कागज दिएका थिए । 

त्यतिमात्र नभई नगरपालिकाको पशु सेवा शाखाका कार्यालय सहयोगी विकासकुमार पटेलले जागिर पाउने भएपछि विदेश जानका लागि जम्मा गरेको २ लाख रुपैयाँ घुसबापत बुझाए । नियुक्त भएको १० महिनादेखि तलब नपाएका पटेल भन्छन्, घरमा कुरा गर्दा पनि दुई लाख खर्च गरेर आफ्नै ठाउँमा जागिर पाइन्छ भने यतै बस्ने भनेपछि बचत गरेको रकम पनि छैन न त काम गरे वापत कै तलबै पाएका छन् ।

पोखरिया नगरपालिका–५ का जितेन्द्रप्रसाद चौहानले २ लाख रुपैयाँ बुझाएर २०८१ असोज १ मा कार्यालय सहयोगीमा नियुक्ति पाए । उनका अनुसार बेरोजगार थिएँ, पालिकामा धमाधम नियुक्ति भइरहेको सुनेपछि मेयर नजिकका कर्मचारीसँग कुरा गरें उनले भने अनुसार, गाउँलेबाट मासिक ३ प्रतिशत ब्याजमा ऋण लिएर रकम बुझाएँ । नियुक्तिका बेला तीन महिनापछि तलब पाइन्छ भनिए पनि ९ महिना काम गरे अहिलेसम्म एक सुको समेत पाएको छैन् । उनका अनुसार सरहरूलाई सोध्दा तलब नपाएका सबैलाई एकैपटक दिने भनेको बताएपनी यता लिएको ऋणको ब्याज समेत तिर्न सकिएको छैन ।

यसैगरी पोखरिया नगरपालिका वडा नं. ५ का संजय रौनियारले वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानुसँग कुरा गरी उनले भनेका कर्मचारीलाई १ लाख ४५ हजार रुपैयाँ बुझाएर कार्यालय सहयोगीमा नियुक्ति पाए । यसरी नियुक्त भएकाहरूले सुरक्षाको कारण देखाउँदै आफूले रकम बुझाएका कर्मचारीको नाम सार्वजनिक गर्न चाहेनन् । तर, पीडितहरूले बताएको रकमको परिमाण, मिति र बैंक कारोबारको विवरण हेर्दा उक्त रकम नगरपालिकाका केही कर्मचारी मार्फत संकलन भएको संकेत मिल्छ ।

यसैगरी वडाका कर्मचारी मार्फत पैसा उठाएर नियुक्ति दिलाएका वडा सचिव ओम प्रकाश चौरसियाले २०८१ भदौ महिनाको अन्तिमतिर प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवको खातामा ५ लाख ७३ हजार रुपैयाँ दाखिला गरेका छन् । यस बाहेक उनले श्रीवास्तवको खातामा वैशाखमा ३ लाख ५० हजार, असोजमा १ लाख ५० हजार र मंसिरमा १ लाख गरी कुल ११ लाख ७३ हजार रुपैयाँ जम्मा गरेका छन् ।

हामीले खोजबिन गर्दा २०७९ फागुन १५ मा पोखरिया नगरपालिकामा हाजिर भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवको कृषि विकास ब्याङ्क, पोखरिया शाखामा खोलिएको व्यक्तिगत खातामा मात्र विभिन्न मितिमा ठूलो रकम जम्मा भएको देखिन्छ ।

खोजका क्रममा प्राप्त विवरण अनुसार यसअवधिमा उनको खातामा ३१ लाख ९१ हजार भन्दा बढी रकम जम्मा भएको पाइएको छ ।

उक्त खातामा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, सप्लायर्स, ठेकेदार र केही संस्थाबाट पटक–पटक रकम जम्मा भएको छ । यी व्यक्तिसँग श्रीवास्तवको प्रत्यक्ष निजी कारोबार देखिने आधार नपाइएकाले उक्त लेनदेन शंकास्पद देखिन्छ । श्रीवास्तवको खातामा पोखरिया नगरपालिका वडा नं। २ का सचिव ओमप्रकाश चौरसियाले २०८१ वैशाखदेखि मंसिरसम्म ११ लाख ७३ हजार जम्मा गरेका छन् ।

श्रीवास्तवको खातामा नगरपालिकासँग कारोबार गर्ने विभिन्न सप्लायर्स र ठेकेदारले पनि रकम जम्मा गरेको देखिन्छ। यसमा व्यवसायी आमोद केवटले १ लाख ४० हजार, कम्युनिटी डेभलपमेन्ट नामक तालिम प्रदायक संस्थाले २ लाख, निर्माण कम्पनी अर्चना कन्स्ट्रक्सनले ७५ हजार, ठेकेदार मन्दिप कुमारले ७५ हजार र ठेकेदार दीपु पटेलले ४० हजार जम्मा गरेका छन् । नर्सरी सप्लायर दीपेन्द्र यादवले ५० हजार रुपैयाँ श्रीवास्तवको खातामा जम्मा गरेको देखिन्छ ।

नगरपालिकाका कर्मचारीहरूका अनुसार यस्तो रकम प्रायः आर्थिक वर्षको चौमासिक वा भुक्तानीको अन्त्यतिर बढी जम्मा भएको देखिन्छ ।

खोजबिनका क्रममा भेटिएका केही पीडित र नगरपालिकाकै कर्मचारीका अनुसार पोखरियाकै बलिराम साह मार्फत कम्तीमा २० जनाको नियुक्तिका लागि प्रतिव्यक्ति १ लाखदेखि ३ लाखसम्म उठाइएको छ ।

बलिराम साह मार्फत उठाइएको रकम प्रशासकीय अधिकृत श्रीवास्तवसम्म पुगेको उनीहरूको दाबी छ । नगर प्रहरी जवान पदमा नियुक्त सचिन पटेलले बलिराम साह मार्फत बसन्त आर्ट नामक फर्मको खातामा १ लाख २९ हजार जम्मा गरेको बताएका छन् । त्यसैगरी कार्यालय सहयोगीमा नियुक्त विट्टु साह तेलीले बलिराम साहलाई नगद १ लाख २० हजार बुझाएको दाबी गरेका छन् ।

पोखरिया नगरपालिकाका मेयर प्रदुमनप्रसाद चौहानमाथि अवैध रूपमा ठूलो संख्यामा कर्मचारी नियुक्त गरेको, नगर प्रहरीको पोशाक र अन्य सामग्री विना प्रतिस्पर्धा खरिद गराएको जस्ता आरोप लागेको छ । हामीले खोजबिन गर्नेक्रममा मेयर चौहानको कृषि विकास ब्याङ्क, पोखरियामा रहेको खातामा शंकास्पद तरिकाले ठूलो रकम जम्मा गरेको पाइएन । 

यद्यपि, मेयरले आफ्ना भाइहरू उमेशप्रसाद चौहान (हाल पोखरिया नगर विकास समितिका अध्यक्ष) र सुरजप्रसाद चौहान (स्वकीय सचिव) मार्फत रकम उठाएको नगरपालिका कै कर्मचारीहरूको आरोप छ । 

पोखरिया–३ वसन्तपुरका राहुल साह तेलीले कार्यालय सहायकमा नियुक्ति दिलाउने नाममा उमेशप्रसाद चौहानलाई २ लाख बुझाएको बताएका छन् । “मैले नगरपालिकामा नियुक्तिका लागि उमेश चौहानलाई भेटेर कुरा गरेको थिएँ। उहाँले अरूको तीन लाख हो, तिमी नजिकको भएकाले दुई लाख रुपैयाँ लाग्छ भन्नुभयो,” तेली भन्छन्, “त्यसपछि मैले उहाँलाई दुई लाख रुपैयाँ बुझाएर कार्यालय सहायकमा काम शुरु गरेको छु।”उनले भदौ २८ गते नियुक्ति पाएका थिए ।

त्यस्तै मेयर चौहान र प्रशासकीय अधिकृत अजय श्रीवास्तवका विश्वासपात्र पोखरिया–३ का बलिराम साह ९बसन्त आर्टका सञ्चालक० ले विभिन्न पदमा नियुक्ति गराइदिनका लागि कम्तीमा २० जनासँग पैसा उठाएको आरोप छ ।

नियुक्ति पाएकाहरूका अनुसार र बलिराम साहले संकलन गरेको रकम मेयरका भाइ उमेश मार्फत मेयर र प्रशासकीय अधिकृतसम्म पुगेको छ ।

पोखरिया–३ का सचिन पटेलले बलिरामलाई नगद ३० हजार र उनले उपलब्ध गराएको बसन्त आर्टको खातामा १ लाख २९ हजार जम्मा गरेपछि नगर प्रहरीमा नियुक्ति पाएको बताए। “उहाँले मेयर र प्रशासकीय अधिकृतसँग कुरा भइसकेको सुनाएपछि मैले नगद ३० हजार उहाँलाई र उहाँले भनेको खातामा १ लाख २९ हजार रुपैयाँ हालिदिएँ,” पटेलले भने, “त्यसको दुई दिनपछि नियुक्ति पत्र पाएँ ।”

यसैगरी कार्यालय सहयोगीमा नियुक्त बसन्तपुरका बिट्टु साह तेलीसँग बलिरामले १ लाख २० हजार उठाएका थिए । “शुरुमा मलाई दुई लाख रुपैयाँ चाहिन्छ भनेका थिए,” तेलीका अनुसार, “मैले आफूसँग त्यति रकम नभएको बताएपछि १ लाख २० हजारमै काम गरिदिएको थियो ।”

यसैगरी सोही ठाउँका सन्तोष यादवले बलिरामलाई नै १ लाख बुझाएपछि उनको नियुक्ति कार्यालय सहयोगीमा भएको बताए । पोखरिया–३, वसन्तपुरका राजु महतो केवटले समेत बलिराम साहलाई १ लाख ३० हजार बुझाएपछि कम्प्युटर अपरेटरमा नियुक्ति पाएको दाबी गरेका छन् ।

बलिरामले मनिअर्वाका श्रीनिवास साह तेलीबाट १ लाख ९० हजार लिएर कार्यालय सहयोगीमा नियुक्ति दिएको उनकी सानीआमा पार्वती देवीले बताइन् । “बलिरामले शुरुमा दुई लाख मागेका थिए, हामीले १ लाख ५० हजार रुपैयाँ दिँदा मानेनन्,” पार्वतीदेवी भन्छिन्, “त्यसपछि थप ४० हजार  बुझायौँ।” बलिरामको निर्देशनमा उक्त रकम नगदै शेषनाथ साह तेलीलाई दिएपछि आफूले नियुक्ति पाएको श्रीनिवासले बताए ।

मेयर प्रदुमन चौहानले भाइ ९काकाको छोरा० सुरजप्रसाद चौहानलाई स्वकीय सचिव राखेका छन् । सुरजको खातामा पनि विभिन्न कारोबारीहरूबाट रकम पुगेको देखिन्छ ।

सुरजको ब्याङ्क खातामा नगर प्रहरीका इन्चार्ज राजकुमार रामले पटक–पटक गरी १ लाख ९० हजार जम्मा गरेका छन् । सुरजको ब्याङ्क खातामा जिन्सी, प्रशासन तथा इन्धन वितरण शाखाका प्रमुख सन्दिप साहले विभिन्न मितिमा कुल ७८ हजार जम्मा गरेका छन् ।

पोखरिया नगरपालिकामा भइरहेको अनियमितता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारि नै गरेका थिए । तर झण्डै एकवर्ष वितिशक्दा पनी कार्वाही प्रकृया अगाडि नबढाएको भन्दै पिडितहरु झन पिडा खेप्न बाध्य भएका छन् । यता पोखरिया नगरपालिकाले भने नियुक्त भएका सबैलाई एउटा सूचना प्रकाशित गरी कामबाट हटाएको छ ।

हटाइएकाहरू आफुहरुले ९/९ महिनासम्म काम गरेको तलब र नियुक्तिका लागि दिएको घुस फिर्ताको माग गर्दै धर्ना, विरोधका कार्य गरिरहेका छन् । तर हालसम्म तिनिहरुले न त काम गरेको रकम फिर्ता पाएका छन् न त दिएको रकम नै फिर्ता पाएका छन् । पिडितहरुका अनुसार अख्तियारदेखि देशका विभिन्न निकायमा पटक पटक सयौँ उजुरी, ब्यान दिदाँ समेत दोषिहरु माथि कार्वाही भएको छैन् भने, उल्टै हामीलाई धाक धम्की दिने गरेको छ ।

सम्बन्धीत समाचार

पोखरिया नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत र लेखापाल एक सातादेखि कार्यालयमा अनुपस्थित,नगरपालिकाको सेवा प्रभावित

पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्र हेरफेर गरी भ्रष्टाचार, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पोखरिया नगरपालिकाः संगठित बेथितिको अड्डा बनेको स्थानीय सरकार

पोखरिया नगरपालिकामा आर्थिक अनियमितता र अवैधानिक जिम्मेवारी वितरणको आरोप कर्मचारी व्यवस्थापनमाथि उठ्यो प्रश्न

पोखरिया नगरपालिका १ मा ८ जना एकल महिलाकाे रहेकाेमा १ सय ४० वटा एकल महिला देखाएर साडी वितरण, मलेपाले उठायाे प्रश्न रकम असुल गर्न निर्देशन

पोखरिया नगरपालिकाका लेखापालमाथि कमिशनखोरी र आर्थिक अनियमितताको गम्भीर आरोप, लेखापालमाथि छानबिनको माग (भिडियो रिपोर्ट)

पोखरिया नगरपालिकाका लेखापालमाथि अनियमितता र कमिशनखोरीको आरोप

पर्साको पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कार्यकक्ष मै थुनिए

पोखरिया प्रादेशिक अस्पताल जर्जर, बिरामी असन्तुष्ट, एक्स–रे सेवा दुई महिना देखि बन्द (भिडियो रिपोर्ट)

पोखरिया नगरपालिकामा आधारभूत सेवा धराशायी, अख्तियारको छापामारी, मुद्दासँग सम्बन्धित कागजात नियन्त्रणमा (भिडियो रिपोर्ट)

पोखरिया नगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा मेयर र कर्मचारीको घरमै जिन्सी सामग्री भेटिएको दाबी

पोखरिया प्रादेशिक अस्पतालमा कबाड बिक्री प्रकरण: कर्मचारीद्वारा डेढ लाख हिनामिना

पोखरिया नगरपालिकामा जागिरका लागी दिएको घुस फिर्ता लिन युवाहरूकाे संघर्ष

पोखरिया नगरपालिकाबाट हटाइएका कर्मचारी आन्दोलनमा, एक वर्षको तलब र असुल रकम फिर्ता गर्न माग

पोखरिया नगरपालिकाको ४४ करोड ४० लाखको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकता

पोखरिया नगरपालिकामा अख्तियारको छापा, विभिन्न योजना र खरिद प्रक्रियामा अनियमितता

पाेखरिया नगरपालिकामा भ्रष्टाचार | बचे मन्त्री र मेयर फसे कर्मचारी [ भिडियाे सहित ]

पोखरिया नगरपालिकामा अख्तियारको छापा, विभिन्न योजना र खरिद प्रक्रियामा अनियमितता

पोखरिया नगरपालिकामा कर्मचारी तलबविना, शिर्षक हेरफेर र कमिसनमुखी बजेट खर्चको आरोप

बहुदरमाई नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव अख्तियारको नियन्त्रणमा

अख्तियारद्वारा पाेखरिया नगरपालिकाका जिन्सी तथा प्रशासन प्रमुख संदिप साह पक्राउ

पोखरिया नगरपालिकामा प्रशासकिय अधिकृतकाे पुन सरूवा, अवैध भुक्तानी गर्न नमान्दा टिक्न दिदैनन् मेयर

समाचार लेखेको विरुद्धमा पत्रकारका बाबुमाथि आक्रमण, प्रशासकीय अधिकृत अजय श्रीवास्तव सहित दुईजना पक्राउ, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

फेसबुक स्टाटस र समाचार देखि अदालतसम्म : पत्रकार र अधिकृतबीचको कानुनी द्वन्द्व, दुवैकाे आ–आफ्नै दाबी

पोखरिया अस्पतालका डाक्टरहरूमाथि बिचौलियामार्फत पैसा असुली गरेको आरोप

पोखरिया नगरपालिकामा प्रशासकिय अधिकृतकाे पुन सरूवा, अवैध भुक्तानी गर्न नमान्दा टिक्न दिदैनन् मेयर

श्रीर्सियाकाे सडकमा फोहोर पानीले डुबानमा, पोखरिया नगरपालिकाकाे मौनताले समस्या बल्झदै 


प्रकाशित मिति: सोमबार, असार २९, २०८३  २०:२९
#भलुवाही खोला #राजनीति दल #स्थानीय तह #पोखरिया नगरपालिका #शिक्षा क्षेत्र #पर्सा #वीरगञ्ज #सुशासन #विरोध प्रदर्शन #स्थानीय सरकार
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल शनिबार, असोज २४, २०८३
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान मंगलबार, असोज ६, २०८३
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी मंगलबार, भदौ २३, २०८३
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान सोमबार, भदौ १५, २०८३
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित)
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित) आइतबार, भदौ १४, २०८३
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित)
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित) बिहीबार, भदौ ११, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
दसैँको अवसरमा वीरगंजस्थित  गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ?
दसैँको अवसरमा वीरगंजस्थित गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ? वीरगंज सिटी
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो वीरगंज सिटी
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात वीरगंज सिटी
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन्
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन् वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP