महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार बिहान प्रहरीले २ करोड ४० लाख रुपैयाँ बराबरको एयर बड्स बरामद गरेको छ ।
भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १ हजार २ सय थान एयर बड्स बरामद गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीबाट सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कार्की, सीमा सुरक्षा गुल्म रघुनाथपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गणेशदत्त पाण्डे तथा बोर्डर आउट पोस्ट खैरवनीबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण गिरीको नेतृत्वमा खटिएको टोलीले एयर बड्स बरामद गरेको हो ।
सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि एयर बड्स ल्याउँदै गरेका व्यक्ति सामान छाडेर फरार भएका थिए। फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको एयर बड्स आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।