शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #कारागार चलान
  • #उपेन्द्रकुमार साह
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #हुण्डी कारोबार
यहाँ खोज्नुहोस्
your add here your add here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • देउवासँग छलफलका लागि समय मागेको छु, तर भेट हुन सकेन : गगन थापा
देउवासँग छलफलका लागि समय मागेको छु, तर भेट हुन सकेन : गगन थापा
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, भदौ २३, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हरसम्भव प्रयास गर्दा पनि निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्ने समय नपाएको बताएका छन् । 

आइतबार र सोमबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठक बसेको थियो । जसमा सभापति थापाले सोमबार पार्टीका पदाधिकारी र सदस्यहरूले राखेका धारणा र प्रश्नको जवाफ दिने क्रममा त्यस्तो बताएका हुन् । 

सभापति थापाले भदौ ५ गते शुक्रबार देउवाका स्वकीय सचिव भानु देउवालाई टेलिफोन गरेर भेट्नका लागि समय मागेका थिए । तर थापाले भेट्नका लागि आफूले समय नै नपाएको ब्रिफिङ गरेको एक पदाधिकारीले जानकारी दिए । 

‘म सबै पार्टीलाई मिलाएर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छु । त्यसका लागि मैले निवर्तमान सभापतिसँग भेटेर कुरा गर्न चाहेको छु । समय पाएको छैन,’ सभापति थापाको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले रातोपाटीसँग भने ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

देउवासँग समय नपाएपछि आफूले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग शनिबार साँझ र नेता डा। शेखर कोइरालासँग आइतबार भेटेको पनि बैठकमा जानकारी गराएका थिए । भेटमा इतर समूहले राख्दै आएका मागका विषयमा कुराकानी भएको थापाको भनाइ थियो । 

थापाले इतर समूहले राख्दै आएको प्रमुख माग भन्दै १५ औँ महाधिवेशनका लागि भन्दै नवीकरण गरेका क्रियाशील सदस्यलाई डिजिटल्ली अद्यावधिक गर्ने विषयलाई अनिवार्य नगर्ने निर्णय प्रस्ताव गरेका थिए । त्यो प्रस्ताव बैठकले स्विकार्दै निर्णय गरेको छ । तथापि बैठकपछि जारी विज्ञप्तिमा त्यो विषय उल्लेख छैन । 

तर, कांग्रेस प्रवक्ता देवराज चालिसेले क्रियाशील सदस्यता अद्यावधिक नगरेकालाई सर्तसहित महाधिवेशनमा सहभागी गराउने निर्णय भएको बैठकपछि सञ्चारकर्मीहरूसँग बताएका थिए ।  

बैठकमा आगामी असोज १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको १५ औँ महाधिवेशनको मिति एक महिना जति सारेर भए पनि पार्टीमा सबैलाई मिलाउनु पर्ने प्रस्ताव आएको थियो । नेता अर्जुननरसिंह केसीले महाधिवेशनको मिति कात्तिकसम्म सारेमा पार्टीमा सहमति हुने र त्यसको नेतृत्व आफूले लिने बताएका थिए । तर, केसीको त्यो प्रस्ताव भने सभापति थापाले स्विकारेनन् । 

केन्द्रीय महाधिवेशनको मिति सर्वोच्च अदालतका कारणले आफूले सार्न नसक्ने थापाले बताएका थिए । सर्वोच्चमा आफूहरूले जवाफ पेस गर्दा असोज १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने उल्लेख गरेकाले सार्न नसक्ने बताएको अर्का बैठकमा सहभागी नेताले बताए । 

तथापि १५ औँ महाधिवेशन अन्तर्गतका तल्ला तहका अधिवेशनको मिति भने परिमार्जन हुने भएको छ । भदौ २४ गते वडा अधिवेशन सुरु गर्ने निर्णय परिमार्जन गर्ने निर्णय बैठकको छ । 

केन्द्रको महाधिवेशन नसर्ने गरी तल्लो तहका अधिवेशन गर्ने परिमार्जित कार्यतालिका ल्याउने जिम्मेवारी बैठकले पार्टीको निर्वाचन समितिलाई दिएको छ । निर्वाचन समितिको बैठक आजका लागि आह्वान भएको छ । 

त्यो बाहेक बैठकमा महाधिवेशन गर्नका लागि पार्टी विधानमा बाधा अड्काउ फुकाउने विषयमा पनि निर्णय भएको छ । महाधिवेशन गर्नका लागि बाधा नपर्ने गरी कसरी बाधा अड्काउ फुकाउने भन्ने विषयमा कानुनका जानकारसँग छलफल गरेर विज्ञप्ति जारी गरिने केन्द्रीय कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १२:०५
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
नेकपाद्वारा राष्ट्रिय जागरण अभियान सुरु, जनताका समस्या र गुनासा सङ्कलन गरिने
नेकपाद्वारा राष्ट्रिय जागरण अभियान सुरु, जनताका समस्या र गुनासा सङ्कलन गरिने शनिबार, कात्तिक ७, २०८३
विधिसम्मत प्रक्रियाबाट मात्रै रास्वपाको टिकट वितरण हुन्छ : सभापति हरि पन्त
विधिसम्मत प्रक्रियाबाट मात्रै रास्वपाको टिकट वितरण हुन्छ : सभापति हरि पन्त शनिबार, कात्तिक ७, २०८३
‘क्यान्डिडेट क्लब’ अनैतिक राजनीतिको सुरुवात हो : प्रभु साह
‘क्यान्डिडेट क्लब’ अनैतिक राजनीतिको सुरुवात हो : प्रभु साह शनिबार, कात्तिक ७, २०८३
भारत भ्रमणबारे रविको स्पष्टीकरण– भाकल पूरा गर्न गएको हुँ, राजनीति नजोड्नुहोला
भारत भ्रमणबारे रविको स्पष्टीकरण– भाकल पूरा गर्न गएको हुँ, राजनीति नजोड्नुहोला शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान
रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
चीन भ्रमणका लागि आज प्रस्थान गर्दै पूर्वराष्ट्रपति भण्डारी
चीन भ्रमणका लागि आज प्रस्थान गर्दै पूर्वराष्ट्रपति भण्डारी बिहीबार, कात्तिक ५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता वीरगंज सिटी
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
जनमत पार्टी पर्सद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेताहरू सम्मानित
जनमत पार्टी पर्सद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेताहरू सम्मानित वीरगंज सिटी
एमाले परित्याग गरी गौरिशंकर साह कानुसहित सयौँ अगुवा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
एमाले परित्याग गरी गौरिशंकर साह कानुसहित सयौँ अगुवा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश वीरगंज सिटी
नातेदार र निकटताका आधारमा होइन, विधि र योग्यताका आधारमा टिकट वितरण हुन्छ : हरि पन्त
नातेदार र निकटताका आधारमा होइन, विधि र योग्यताका आधारमा टिकट वितरण हुन्छ : हरि पन्त वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
काठमान्डु गोर्खाजमा अमेरिकी विकेटकिपर ब्याटर स्मित पटेल अनुबन्ध
काठमान्डु गोर्खाजमा अमेरिकी विकेटकिपर ब्याटर स्मित पटेल अनुबन्ध वीरगंज सिटी
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका वीरगंज सिटी
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP