राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति एबम प्रतिनिधि सभा सदस्य हरि पन्तले आउँदो स्थानीय चुनावमा रास्वपामा पार्टीको विधि सम्मत मात्र टिकट बितरणमा हुने बताएका छन ।उनले विधि भन्दा बाहिर गएर कसैले पनि टिकट नपाउने हुनाले सबैलाई ढुक्क हुन आग्रह समेत गरेका थिए । शुक्रबार राति सांसद पन्त द्वारा आयोजित बडा दशैको शुभकामना एबम टीका कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन ।
स्थानीय क्लासिक ब्यान्क्वेटमा आयोजित शुभकामना तथा टीका कार्यक्रममा उनले पार्टीको "हामी आउदैछौ " कार्यक्रम सम्बन्धि प्रसङ्गलाई जोडदै यस पालिको चुनावमा पार्टीले ल्याएको उम्मेदवार क्लब , पोल्टिकल प्रोक्सिमिटि , प्रारम्भिक निर्बाचन र समाबेसिताको अबधारणा अन्तरगत त्यस क्लब बाट प्रशिक्षित ,परिक्षित र योग्य ब्यक्ती मात्र पार्टीको आधिकारिक उम्मेदवार हुने बताएका थिए ।
उनले भने कोहि जिल्ला सभापति को नजिक भएकै भरमा , प्रदेश सभापतिको नजिक भएकै आधारमा वा कुनै माननियको नातेदार भएकै कारणले मात्र कसैले टिकट नपाउने हुँदा कोहि पनि योग्य ब्यक्तिले बिचलित हुनु पर्ने अबस्था आउदैन ।
जिल्ला संगठन बिभागका प्रमुख कृष्ण पास्वानले सहजीकरण गरेका उक्त शुभकामना तथा टीका कार्यक्रममा सभापति पन्तले त्यहाँ उपस्थित मान्यजनहरु बाट आफुले पनि टीका ग्रहण गर्दै टीका तथा शुभकामना प्रदान समेत गरेका थिए ।
कार्यक्रममा जिल्लाका तुलसा पौडेल , सुदिश प्रजापति , परबेज अखतर लगायत क्षेत्रीय सभापतिहरु , पालिका सभापतिहरु वडा सभापतिहरु लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।