राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि शुक्रबार भारत प्रस्थान गरेका छन् ।
लामिछानेले भारत भ्रमणका क्रममा उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
निजी सचिवालयका अनुसार आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने कात्तिक ९ गते स्वदेश फर्किनेछन् ।
सचिवालयले उनको भारत भ्रमणलाई निजी तीर्थाटनका रूपमा व्याख्या गरेको छ ।