वीरगंज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाअन्तर्गत जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
महानगरको सभाहलमा दुई ब्याचमा आयोजित गोष्ठीमा ३४ स्वास्थ्य चौकीका प्रमुख तथा साझेदार संस्थाका प्रतिनिधिसहित ४४ जनाको सहभागिता रहेको थियो ।
कार्यसम्पादन र प्रगतिका आधारमा लिपनी बिर्ता स्वास्थ्य चौकी, पर्सैनी बिर्ता स्वास्थ्य चौकी, मनियारी स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्र छपकैया–१ र आधारभूत स्वास्थ्य केन्द्र–२ सम्मानित भएका छन् ।
विगत तीन वर्षको तुलनामा यस वर्ष स्वास्थ्य सेवाको प्रगतिमा केही कमी देखिएको महाशाखाले जनाएको छ । केन्द्रबाट प्राप्त विवरण र स्थलगत अवस्थाबीचको अन्तरका कारण प्रगति विवरणमा कमी देखिएको जनाइएको छ ।
कार्यवाहक मेयर इम्तियाज आलमले स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थलगत अवस्थालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए। प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहराले आगामी दिनमा स्थलगत अनुगमनलाई थप प्रभावकारी बनाइने बताए ।