

मुलुक भित्र सञ्चालित क्यासिनोमा नेपाली नागरिकको लागि प्रवेश निषेध गरिएको छ ।
कानुनी रुपमा विदेशी रहेको प्रमाणित हुने कागज प्रमाण रहेको व्यक्ति मात्रै नेपालको क्यासिनोमा प्रवेश पाउने हुन् । तर क्यासिनोमा प्रवेश गरेर जुवा खेलेकै कारण घरवार विहिन अवस्थामा पुगेका नेपालीहरू धेरै छन् । यसरी घरबार विहीन अवस्थामा पुग्ने नेपालीको संख्या अन्यत्र भन्दा वीरगंज र सो आसपासका क्षेत्रमा उल्लेखनीय देखिएकाछन् ।
वीरगंज महानगर क्षेत्रमा झण्डै आधा दर्जन क्यासिनो सञ्चालनमा छन् ।
यहाँ अन्य मुलुकका विदेशी क्यासिनोमा खेल्न आउने भन्दा पनि भारतीय ग्रहकलाई मध्येनजर गरि क्यासिनो सञ्चालन भएको र अनुमति दिने निकायले पनि सोही आधारमा अनुमति दिएको हो । यधपी यहाँका क्यासिनोहरूका मुख्य ग्रहक भने स्थानीय र आसपास क्षेत्रका नेपाली नागरिकहरू नै रहेको पुष्टी भइरहेका छन् ।
सम्पन्न वा बेलगामका व्यक्तिहरू मात्रै क्यासिनोमा विग्रीरहेका छन भन्ने होइन । क्यासिनोको लतले गर्दा नागरिक अगुवा, जनप्रतिनिधी, पूर्व जनप्रतिनिधी, उद्यमी, व्यापारि, कृषक, कर्मचारी देखि सीधा–सोझा सर्वसाधरण नागरिक समेत विल्लीवाट भएर सडकमा पुगेका धेरै छन् ।
वीरगंज सिटीले पछिल्लो पटक गरेको खोज अनुसन्धान तथा सर्वेक्षणको क्रममा क्यासिनोको लतले वर्वाद भएका यस क्षेत्रका नेपाली नागरिहरू र हाल क्यासिनोका रेगुलर ग्राहक रहेका नेपालीहरूबारे लिस्ट निकालेका छौँ ।
सिमावर्ती क्षेत्रको फाईदा उठाउँदै सञ्चालन गरेका यी क्यासिनोहरुमा ट्रयाक्टर किन्ने पैसादेखि घर, जग्गा सहित सर्वश्व हारेका नेपाली नागरिक रहेका छन् । विचल्लीमा परेका घर परिवारका सदस्य अनि मौन साँक्षी बनेका समाजका व्यक्तिहरूसंग पनि हामी पुगेका छौं यसको अर्को एउटा कथा बन्नसक्छ ।
स्रोतका अनुसार बारा, पर्सा र रौतहटका नेपाली नागरिक वीरगंजका क्यासिनोका मुख्य ग्राहक बनेका छन् । बाराको सिमरा, जितपुरका ग्राहक लाखौँ लिएर क्यासिनो धाउने गरेको छ । प्रकाशमा नआएको, क्यासिनो खेल्नेहरुमा पुर्व गाउँपालिका अध्यक्ष, इन्सुरैन्सका शाखा प्रमुख देखि वडा अध्यक्षका छोरा, टायर कारखानाका सञ्चालकदेखि केहि मारवाडी समुदायका धनाढ्य समेत रहेका छन् ।
स्रोतका अनुसार वीरगंज माईस्थानका एक सोनार, पर्सा कै केही गाउँपालिका अध्यक्ष, केही पुर्व वडा अध्यक्षका छोरा, परवानीपुरका एक कुर्मी समुदायका अगुवा, त्यस्तै वीरगंज २४ का एक यादव समुदायका व्यक्ति र अग्रवाल थर भएका मारवाडि समुदायका व्यक्ति समेत क्यासिनोका नियमित ग्राहक रहेका छन् । उनीहरूले धेरै रकम क्यासिनोमा उडाइ सकेका छन् । घर परिवारका सदस्यले सम्झाउँदा उल्टै रिसाउने र घरै छाडेर हिंडछु भन्नेसम्मका धम्की दिने गरेको परिवारजनको दुखेसो छ ।
यहीसैगरि वीरगंज माईस्थानका सरार्फ थरका एक व्यक्ति, टायर कारखानाका सञ्चालक
चौधरी थरका अर्का व्यक्ति, चौधरी थर भएका पूर्व गाउँपालिका अध्यक्ष, अग्रवाल थरका अर्का व्यक्ति, बारा परवानिपुर गाउँपालिकाका कुर्मी, वीरगंज २४ का यादव, पूर्व वडाअध्यक्षका छोरा पटेल, वीरगंजका गौथम थरका एक नागरिक अगुवालगायतका व्यक्तिरू क्यासिनोमा लत बसेर बर्वादीका क्रममा लामबद्ध छन् ।
प्रवेश निषेध गरिएको क्यासिनोमा गैह्रकानुनी रुपले प्रवेश गरेर धनसम्पति सिध्याउने र घर परिवारको समेत विचल्ली पार्नेमा विरुद्ध समाज र प्रहरीको निगरानी त फितुलो छ नै क्यासिनो सञ्चालक र त्यहाँ कार्यरत कर्मचारीहरूको समेत ठुलो हात रहेको समाचार स्रोतको दावि छ ।