धोबीनी गाउँपालिकाले कार्यालय प्रयोजनमा २० लाख रुपैयाँ इन्धन खर्च गरेको छ ।
गाउँपालिकाले इन्धनको कुपन र लगबुक राखेको भए पनि सवारीसाधनको संख्या, प्रयोग अवधि र वार्षिक इन्धन खपत खुल्ने गरी व्यक्तिगत अभिलेख नराखिएको महालेखाले जनाएको छ।
महालेखाले कुपन र लगबुक मात्र राखेर नपुग्ने भन्दै सवारीसाधनअनुसार इन्धन उपयोगको विस्तृत अभिलेख राख्न सुझाव दिएको छ ।