बाराको आदर्श कोतवाल गाउँपालिका र सुवर्ण गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको भेला सम्पन्न भएको छ । मधेश प्रदेश उपसभापति राधिका न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले दुवै पालिकामा समितिहरू सर्वसम्मत चयन गरेको हो ।
आदर्श कोतवाल गाउँपालिकाको भेलामा चन्दन प्रसाद यादवको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । भेलामा प्रदेश सदस्य विनोद यादव, प्रदेश संगठन विभाग उपप्रमुख प्रमोद रायमाझी लगायत अन्य क्षेत्रीय नेतृत्वको उपस्थिति रहेको थियो । यस्तै सुवर्ण गाउँपालिकाको भेलाले अशोक यादवको नेतृत्वमा ११ सदस्यीय समिति चयन गरेको छ । भेलामा स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको रास्वपाका नेताहरूले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको दुई महिने संगठन निर्माण तथा विस्तार अभियान अन्तर्गत आयोजित यी भेलाहरूले पार्टी संगठनलाई थप सुदृढ बनाएको नेताहरूको भनाइ छ । अन्य दलहरूको दबाब र प्रभावबीच पनि स्थानीय जनताको सहभागिताले रास्वपाका कार्यकर्तालाई थप उत्साहित बनाएको बताएको छ ।
पार्टीले संगठन विस्तारसँगै आगामी दिनमा नीति तथा कार्यक्रममार्फत जनताको समस्या समाधानमा ध्यान दिने जनाएको छ ।