बाराको जितपुर सिमरा इलाका प्रहरी कार्यालयको हिरासतबाट एकजना थुनुवा फरार भएका छन् ।
बारा प्रहरीले थुनुवा भागेको पुष्टि गरेको छ । प्रहरीका अनुसार सिमरा–२ निवासी महेश चौधरी फरार भएका हुन् । बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले चौधरीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता रहेको जानकारी दिएका छन् ।
प्रवक्ता सापकोटाका अनुसार फोहोर फ्याल्न निकालिएको बेला चौधरी भागेका हुन् ।
उनी पुस ९ गते पक्राउ परेका थिए । थुनुवा फरार भएपछि प्रहरीले विशेष टोली परिचालन गरी खोजी कार्य जारी राखेको दाबी गरेको छ ।