वीरगंजस्थित जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिको सडकखण्डमा स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार घण्टाघरबाट पावरहाउसतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०१६ प २२८४ नम्बरको स्कुटरसँग मादक पदार्थ सेवन गरेका युवक विपरीत दिशाबाट आउँदै गर्दा स्कुटरसँग ठोक्किएको बताइएको छ । दुर्घटनामा परी स्कुटर चालक पनि गम्भीर घाइते भएका छन ।
दुर्घटनामा अचेत अवस्थामा रहेका अन्दाजी ३० देखि ३५ वर्ष उमेरका युवकलाई उद्धार गरी उपचारका लागि बाराको परवानीपुरस्थित एल.एस. न्युरो अस्पताल लगिएको थियो । अस्पतालका अनुसार युवकको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको अवस्था गम्भीर रहेकाले सोमबार बिहान करिब ११ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार मृतक युवक भारतीय नागरिक रहेको बताइएको छ । यद्यपि उनको पूर्ण परिचय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न स्कुटर हाल नारायणी अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको प्रहरीले छ ।
भिडियाे रिपाेर्ट