नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई पार्टीको महाधिवेशन उद्घाटन गर्न आग्रह गरेका छन् ।
बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले असोज १६ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएर देउवाले उद्घाटन गरिदिए आफूहरूका लागि सम्मानको विषय हुने बताएका हुन् ।
थापाले देउवालाई पार्टीका आदरणीय नेता तथा पूर्वसभापतिको रूपमा सम्बोधन गर्दै महाधिवेशनमा सहभागी हुन आग्रह गरे।
उनले भने, ‘मेरो आदरणीय नेता पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु। अधिवेशनको दिन पूर्व पार्टी सभापतिले अधिवेशनको उद्घाटन गरिदिनु हाम्रा निम्ति सम्मानको विषय हुन्छ । थापाले पार्टी विधानअनुसार अब देउवा सभापति बन्न नसक्ने पनि बताएका छन् ।
‘पार्टीको विधानले पनि त्यही भन्छ। उहाँ अब पार्टीको सभापति बन्ने होइन, थापाले भ ने।
कांग्रेसले असोज १६ गते काठमाडौंको खुलामञ्चमा महाधिवेशन प्रारम्भ गर्ने तयारी गरेको छ। त्यसअघि असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका रहेको थापाले जानकारी दिए ।
वडा अधिवेशनपछि नगर, जिल्ला र प्रदेश अधिवेशनको प्रक्रिया अघि बढ्ने उनले बताए। अधिवेशनको तयारीका क्रममा पार्टीका नेताहरू तथा कार्यकर्तासँग थप छलफल गर्दै पार्टी एकताका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पनि थापाले जोड दिए।