मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने प्रस्तावमाथि छलफल हुने बताइएको छ । यस्तै, सरकारका प्रशासनिक विषय तथा समसामयिक विषयमा आवश्यक निर्णयसमेत हुन सक्ने जनाइएको छ ।
बैठकका एजेन्डा तथा प्रस्तावित विषयबारे भने औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।