राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिवसहित ९ जना नेताले पार्टीबाट राजीनामा दिएका छन् ।
पार्टीका महासचिव केशवकुमार झासहित केन्द्रीय सदस्यहरूले शुक्रबार अध्यक्ष महतोलाई राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा महासचिव झासँगै केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकजकुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन् ।
उनीहरूले शुक्रबार पार्टी अध्यक्ष महतोसमक्ष सामूहिक रूपमा राजीनामा बुझाएको बताइएको छ ।
राष्ट्रिय मुक्ति पार्टी निर्वाचन आयोगमा २०८१ साल कात्तिक ९ गते दर्ता भएको थियो ।