जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाइहरूले संयुक्त रूपमा भन्सार छली चोरी पैठारी गरिएका विभिन्न सामग्री बरामद गरेका छन् ।
विशेष सूचनाको आधारमा जिल्लाका विभिन्न स्थानहरूबाट इलेक्ट्रोनिक्स, खुद्रा सामग्री, खाद्यान्न, सुर्ती, चप्पललगायतका मालवस्तुहरू बरामद गरिएको पर्सा प्रहरीले जनाएकाे छ । बरामद गरिएका सामानहरू अन्दाजी ५६ लाख ४६ हजार ४२९ रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले भन्सार छली गरी ल्याइएका सामानको स्रोतबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।