दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा देशभरका खेलाडी तयारीमा जुटिरहेका छन् । तर, पर्साका कुस्ती खेलाडी भने तयारीसँगै आधारभूत स्रोत–साधनकै अभाव झेलिरहेका छन् ।
ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेको कुस्ती खेलका लागि व्यवस्थित अखडा छैन, पर्याप्त खेल सामग्री छैन, नियमित प्रशिक्षण र पौष्टिक खानपानको समेत समस्या छ ।
अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चिनाएका खेलाडीहरू समेत राज्यको प्राथमिकतामा पर्न नसकेको गुनासो गर्छन् । ‘खेली मधेश, जिती मधेश’ भन्ने नाराले मात्रै खेलाडीले राष्ट्रिय स्तरमा कसरी प्रतिस्पर्धा गर्ने ?
यसै विषयमा पर्साका कुस्ती खेलाडी र प्रशिक्षकसँग हामीले कुराकानी गरेका छौँ ।
विस्तृत भिडियाेमा ...