मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ। केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीबाट खटिएको टोलीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार प्रसाईंलाई प्रतिनिधिसभा सदस्य रचना खतिवडाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो। यद्यपि उजुरीमा उल्लेखित विषय तथा उनीमाथि लागेको आरोपबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
प्रसाईं यसअघि पनि विभिन्न साइबरसम्बन्धी घटनामा पक्राउ पर्दै आएका छन्। पछिल्लो पक्राउपछि उनलाई आवश्यक अनुसन्धानका लागि साइबर ब्यूरोले नियन्त्रणमा राखेको छ ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ। प्रसाईंमाथि लागेको आरोप, अनुसन्धानको विषय र आगामी कानुनी प्रक्रियाबारे प्रहरीले विस्तृत जानकारी दिन बाँकी छ ।