सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया र धनगढीमाइमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मिर्चैया नगरपालिका–७ मा ट्रकमा पिकअप भ्यान ठोक्किँदा सिन्धुलीको दुधौली नगरपालिका–१४ का २७ वर्षीय मिलन सुनारको घटनास्थलमै मृत्यु भएको हो । सोही गाडीका चालक सागर सुनारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, धनगढीमाइ नगरपालिका–१० कसहाबाट लहानतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मिर्चैया नगरपालिका–५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ ।