शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रमोद जयसवाल
  • #प्रहरी पक्राउ
  • #डिजिटल बैंकिङ
  • #बैंकिङ कसूर
  • #बैंक खाता ह्याक
  • #अनधिकृत रकम ट्रान्सफर
  • #बैंकिङ ठगी
  • #मोबाइल बैंकिङ
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नारायणी अस्पतालमा बिरामीको चाप बढ्यो, जनशक्ति र शय्या अभाव
नारायणी अस्पतालमा बिरामीको चाप बढ्यो, जनशक्ति र शय्या अभाव
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, असोज १६, २०८३
A1 Beakery Add A1 Beakery Add

वीरगंजस्थित नारायणी अस्पतालमा उपचार तथा विशेषज्ञ सेवा विस्तार हुँदै गए पनि त्यसअनुसार जनशक्ति, शय्या, भौतिक पूर्वाधार, औषधि र उपकरण सञ्चालनको क्षमता विस्तार हुन नसक्दा बिरामीले सास्ती खेप्नुपरेको छ।

अस्पतालमा महँगा स्वास्थ्य उपकरण थपिएका छन् भने स्वास्थ्य बीमामार्फत उपचार लिन आउने बिरामीको सङ्ख्यासमेत बढिरहेको छ। पर्सासँगै बारा, रौतहट, सर्लाहीलगायत मधेसका विभिन्न जिल्लाका बिरामी तथा सीमावर्ती भारतीय क्षेत्रबाट समेत उपचारका लागि नारायणी अस्पताल आउने गरेका छन्।

अस्पताल प्रशासनका अनुसार दैनिक करिब १ हजार ४ सय नयाँ बिरामी उपचारका लागि आउने गरेका छन्। जनरल मेडिसिनमा बिरामीको चाप अत्यधिक भएपछि स्वास्थ्य बीमामार्फत उपचार गर्ने बिरामीको दैनिक कोटा ३२५ जनामा सीमित गर्नुपरेको छ। चिकित्सकले समेत दैनिक ५० देखि ६० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था रहेको प्रशासनले जनाएको छ।

हाल अस्पतालमा ३२८ शय्या सञ्चालनमा छन्। तर स्वीकृत जनशक्ति संरचना भने पुरानै रहेको अस्पतालका सूचना अधिकृत डा। उदयनारायण सिंहले बताए। उनका अनुसार २०५४ सालमा स्वीकृत दरबन्दीलाई आधार मानेर अहिलेको बढ्दो बिरामीको चाप धान्नुपर्ने अवस्था छ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

नारायणी अस्पतालमा आकस्मिक सेवा, स्वास्थ्य बीमा, डायलाइसिस, नवजात तथा बाल उपचारलगायत विभिन्न विशेषज्ञ सेवा उपलब्ध छन्। तर नयाँ सेवा सञ्चालनका लागि आवश्यक विशेषज्ञ चिकित्सक, नर्स, प्राविधिक जनशक्ति, शय्या, औषधि र भौतिक पूर्वाधार पर्याप्त नहुँदा सेवा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

स्वास्थ्य बीमाले सर्वसाधारणको सरकारी अस्पतालमा उपचार पहुँच बढाए पनि बीमित बिरामीको सङ्ख्या बढेसँगै नारायणी अस्पतालमा सेवा व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। जनरल मेडिसिनतर्फ तोकिएको दैनिक कोटा पूरा भएपछि टाढाटाढाबाट आएका बिरामीसमेत उपचार नपाई फर्किनुपर्ने अवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ। यसको प्रत्यक्ष असर वृद्धवृद्धा, दीर्घरोगी तथा नियमित उपचार आवश्यक पर्ने बिरामीमा पर्ने गरेको छ।

स्वास्थ्य बीमा बोर्डबाट अस्पतालले पाउनुपर्ने रकम समयमा भुक्तानी नहुँदा पनि सेवा व्यवस्थापनमा समस्या परेको अस्पतालको भनाइ छ। बक्यौता रकम प्राप्त भए आवश्यकताअनुसार थप जनशक्ति व्यवस्थापन गरी सेवा विस्तार गर्न सहज हुने प्रशासनको अपेक्षा छ।

त्यस्तै, स्वास्थ्य बीमामार्फत उपचारपछि उपलब्ध हुनुपर्ने औषधि अस्पतालमा नियमित नपाउँदा बिरामीले बाहिरबाट औषधि किन्नुपर्ने गुनासो गर्दै आएका छन्। अस्पतालको फार्मेसीमा औषधिको उपलब्धता र सेवा व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने बिरामीको माग छ।

अस्पतालमा महँगा स्वास्थ्य उपकरण थपिए पनि तिनको नियमित सञ्चालन, मर्मतसम्भार र आवश्यक प्राविधिक जनशक्ति व्यवस्थापन अर्को चुनौती बनेको छ। क्याथ ल्याबका उपकरण खरिद भएको लामो समयपछि मात्र सेवा सञ्चालनमा आएको उदाहरणसमेत छ।

अस्पतालमा रहेका कुन उपकरण सञ्चालनमा छन्, कुन बिग्रिएका छन्, कुनलाई नियमित मर्मत आवश्यक छ र कुन प्रयोगविहीन अवस्थामा छन् भन्ने विवरणसमेत सार्वजनिक रूपमा स्पष्ट हुनुपर्ने आवश्यकता देखिएको छ।

सीमित शय्यामा बिरामीको सङ्ख्या बढ्दै जाँदा भर्ना आवश्यक बिरामीले समेत शय्या पाउन कठिनाइ भोग्नुपरेको छ। आकस्मिक तथा बहिरङ्ग सेवामा बिरामीको भीड बढ्ने र भर्नाका लागि शय्या अभाव हुने समस्या अस्पतालको नियमित चुनौती बनेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चित्तरञ्जन साहले नारायणी अस्पतालको क्षमता बढाउन सेवा विस्तारसँगै आवश्यक जनशक्ति र पूर्वाधारको व्यवस्था गर्नुपर्ने बताए। स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्दा अस्पतालको क्षमता मूल्याङ्कन गरी सेवा भार निर्धारण गर्नुपर्ने उनको भनाइ छ।

नारायणी अस्पताललाई मधेसको प्रमुख सरकारी अस्पतालका रूपमा विकास गर्ने सरकारी नीतिअनुसार सेवा विस्तार हुनु सकारात्मक भए पनि त्यसअनुसार चिकित्सक, नर्स, प्राविधिक जनशक्ति, शय्या, औषधि र पूर्वाधार विस्तार हुन नसके सेवा विस्तारले अपेक्षित परिणाम दिन कठिन हुने देखिन्छ।

स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निकायले नयाँ सेवा स्वीकृत गर्दा आवश्यक जनशक्ति र पूर्वाधारको व्यवस्था सुनिश्चित गर्नुपर्ने देखिन्छ। उपकरण खरिदसँगै त्यसको सञ्चालन, मर्मतसम्भार र प्राविधिक जनशक्तिको व्यवस्थापनमा समेत ध्यान दिन आवश्यक छ।

अस्पतालको सेवा विस्तारलाई बिरामीको वास्तविक चाप र उपलब्ध स्रोत–साधनसँग जोडेर अघि बढाउन सके मात्र नारायणी अस्पतालमा सर्वसाधारणले सहज र प्रभावकारी स्वास्थ्य सेवा पाउने अवस्था बन्नेछ।


प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  ११:४९
#वीरगंज #नारायणी अस्पताल #स्वास्थ्य सेवा #सरकारी अस्पताल #स्वास्थ्य बीमा #जनशक्ति अभाव #बिरामी चाप #स्वास्थ्य उपकरण #मधेस स्वास्थ्य #शय्या अभाव
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
मानवसेवा आश्रमको पहलमा एक वर्षपछि परिवारसँग भेटिइन् हराएकी महिला
मानवसेवा आश्रमको पहलमा एक वर्षपछि परिवारसँग भेटिइन् हराएकी महिला शुक्रबार, असोज १६, २०८३
स्वास्थ्य कार्यक्रम मूल्याङ्कनमा सखुवा प्रसौनी पर्सामै प्रथम
स्वास्थ्य कार्यक्रम मूल्याङ्कनमा सखुवा प्रसौनी पर्सामै प्रथम शुक्रबार, असोज १६, २०८३
नारायणी रंगशाला र टीबी शाह मैदानलाई प्राथमिकता दिन सांसदको माग
नारायणी रंगशाला र टीबी शाह मैदानलाई प्राथमिकता दिन सांसदको माग बिहीबार, असोज १५, २०८३
बीरगंजका उद्योगी व्यवसायीको पूर्वप्रधानमन्त्रीद्वयसँग छलफल
बीरगंजका उद्योगी व्यवसायीको पूर्वप्रधानमन्त्रीद्वयसँग छलफल बिहीबार, असोज १५, २०८३
पर्सामा कांग्रेसका २७ कार्यकर्ताद्वारा सामूहिक राजीनामा
पर्सामा कांग्रेसका २७ कार्यकर्ताद्वारा सामूहिक राजीनामा बिहीबार, असोज १५, २०८३
वीरगंज महानगरको संशोधित बजेट ४ अर्ब ४२ करोडबाट घटेर ४ अर्ब २१ करोडमा
वीरगंज महानगरको संशोधित बजेट ४ अर्ब ४२ करोडबाट घटेर ४ अर्ब २१ करोडमा बुधबार, असोज १४, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
सन्तानप्रति समर्पित तराई–मधेशमा जितिया व्रत सुरू
सन्तानप्रति समर्पित तराई–मधेशमा जितिया व्रत सुरू वीरगंज सिटी
कर्जा स्वीकृत गरेर रकम नदिएको आरोपमा प्रभु बैंकका सीईओ शर्मासहित चार जनाविरुद्ध मुद्दा
कर्जा स्वीकृत गरेर रकम नदिएको आरोपमा प्रभु बैंकका सीईओ शर्मासहित चार जनाविरुद्ध मुद्दा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
मानवसेवा आश्रमको पहलमा एक वर्षपछि परिवारसँग भेटिइन् हराएकी महिला
मानवसेवा आश्रमको पहलमा एक वर्षपछि परिवारसँग भेटिइन् हराएकी महिला वीरगंज सिटी
नारायणी अस्पतालमा बिरामीको चाप बढ्यो, जनशक्ति र शय्या अभाव
नारायणी अस्पतालमा बिरामीको चाप बढ्यो, जनशक्ति र शय्या अभाव वीरगंज सिटी
स्वास्थ्य कार्यक्रम मूल्याङ्कनमा सखुवा प्रसौनी पर्सामै प्रथम
स्वास्थ्य कार्यक्रम मूल्याङ्कनमा सखुवा प्रसौनी पर्सामै प्रथम वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ?
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ? वीरगंज सिटी
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य  सेवा पूर्ण रूपमा दिन सकेको छ त ?  अस्पतालको सेवा–सुविधा कस्तो छ ?
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य सेवा पूर्ण रूपमा दिन सकेको छ त ? अस्पतालको सेवा–सुविधा कस्तो छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
विश्वकप लिग–२ खेल्न ओमान जाँदै नेपाल, टोली घोषणा
विश्वकप लिग–२ खेल्न ओमान जाँदै नेपाल, टोली घोषणा वीरगंज सिटी
एसियन गेम्स क्रिकेट : बंगलादेशलाई हराउँदै पाकिस्तान फाइनलमा
एसियन गेम्स क्रिकेट : बंगलादेशलाई हराउँदै पाकिस्तान फाइनलमा वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP