पर्सा प्रहरीले अनलाइन जुवा खेलाउने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा गरिएको छापामारीबाट प्रहरीले अनलाइन सट्टाबाजीमा संलग्न भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक तथा प्रहरी प्रवक्ता सुवास भट्टले जनाएका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्ने भारत बिहार राज्यको मोतिहारी जिल्ला, ढाका थाना, देवपुर निवासी रविशंकर ठाकुर हुन् ।वीरगंज महानगरपालिका-१६, मुर्लीमा घर भाडामा लिएर अनलाइन जुवा सञ्चालन गर्दै आएको सूचनाका आधारमा प्रहरीले छापा मारी उनलाइ पक्राउ गरेको हाे ।
ठाकुरलाई नियन्त्रणमा लिँदा प्रहरीले विभिन्न कम्पनीका ९ थान ल्यापटप, ल्यापटप चार्जर, राउटर, हेडफोन, पेनड्राइभ, माउससहितका सामग्री बरामद गरेको छ।
पक्राउ परेका ठाकुरमाथि अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।