सर्लाहीको बागमती नगरपालिका–४ मा आइतबार बिहान हात्ती मृत अवस्थामा फेला परेको छ ।
बागमती नगरपालिकाका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाका अनुसार ब्रह्मबाबा सामुदायिक वन नजिकै परबलबारीमा भाले हात्ती मृत अवस्थामा फेला परेको हो । हात्तीको सुँढलगायत शरीरका केही भागमा चोटपटक देखिएको कार्यवाहक नगरप्रमुख लामाले बताउनुभयो ।
हात्ती मृत फेला परेको जानकारी पाएपछि सवडिभिजन वन कार्यालय मूर्तियाको टोली घटनास्थलतर्फ गएको सर्लाहीका डिभिजन वन प्रमुख विनोद सिंहले जानकारी दिनुभयो । गाउँलेका अनुसार शनिबार राति ८ बजेतिर अचानक बस्ती नजिक हात्ती देखा परेको थियो ।
बिहान सोही हात्ती मृत अवस्थामा फेला परेको हो । सर्लाहीमा वन्यजन्तु आरक्ष तथा निकुञ्जबाट आउने गरेका छन् ।