वीरगंजको स्थानीय राजनीतिमा दल परिवर्तन र राजनीतिक गतिविधिलाई लिएर नयाँ चर्चा सुरु भएको छ ।
वीरगंज महानगरपालिकाका पूर्वमेयर विजय सरावगीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पार्टी प्रवेश गराएका पूर्व तथा वर्तमान वडा अध्यक्षहरूमध्ये चार जना नेकपा एमालेको महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका छन् । सरावगी निकट स्राेतले उपलब्ध गराएकाे रास्वापा महानगर वडा अध्यक्षका उम्मेदवारहरू मध्ये रास्वपामा प्रवेश गराएका पूर्व तथा वर्तमान गरी ९ जना वडा अध्यक्षमध्ये चारजना एमाले महानगर कमिटीद्वारा आयोजित महानगर सचिवालय तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भएकाे स्राेतले दाबी गरेकाे छ ।
नगर बैठकमा भने, बैठकमा महानगरका पुर्व केन्द्रिय सदस्य अरविन्द सिंह, मधेश प्रदेश सचिवालय सदस्य बासुदेव यादव, उपाध्यक्ष तथा वडा नम्बर १७ का वडा अध्यक्ष सञ्जु बहादुर छतकुली, वडा नम्बर २४ का वडा अध्यक्ष विजय पटेल,वडा नं. ३१ का वडा अध्यक्ष जितेन्द्र यादव, एमाले महानगरको सह सचिव जयनरायण यादव, वडा नम्बर २५ का पुर्व वडा अध्यक्ष विसराज कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे । यस मध्ये कुन कुन वडा अध्यक्ष सरावगी मार्फत रास्वापामा प्रवेश गरेका हुन् भन्ने खुलेकाे छैन् । तर स्राेतका अनुसार रास्वापामा प्रवेश गरेका मध्ये ४ जना सहभागि रहेकाे दाबी गरेकाे छ ।
एउटा राजनीतिक दलमा प्रवेश गरेका जनप्रतिनिधि अर्को दलको संगठनात्मक बैठक तथा कार्यक्रममा सहभागी भएपछि उनीहरूको राजनीतिक प्रतिबद्धता तथा नैतिकतामाथि प्रश्न उठेको छ । रास्वपामा प्रवेश गरेका जनप्रतिनिधिहरू एमालेको कार्यक्रममा सहभागी हुनाले विभिन्न प्रश्न खडा गरेको छ ।
यता रास्वापामा मेयरकाे टिकटकाे लाेभमा प्रवेश गरेका सरवागीलेकाे आशमा रहेकाहरूको नैतिकता माथि प्रश्न उठेको हो ।
यसैबीच, एमालेको वीरगंज महानगर कमिटीको बैठक बस्ने स्थान समेत परिवर्तन भएको छ । पार्टी कार्यालय हुदाँ हुदै व्यक्तिकाे घर घरमा बैठक हुने गरेकाे छ ।
यसअघि महानगर कमिटीका बैठकहरू पूर्वमेयर विजय सरावगीको घरमा बस्ने गरेको बैठक आज भने, बिचारी यादवको घरमा बसेको थियो । पहिले सरावगीको घरमा बैठक बस्दै आएको एमाले महानगर कमिटीको गतिविधि अहिले यादवको घरमा केन्द्रित भएको देखिएको छ । बैठक तथा कार्यालय सञ्चालन सम्बन्धी गतिविधि लुकिछिपी हुँदै आएको देखिएकाे छ ।