चलचित्रको कथावस्तु भने निर्माण पक्षले हालसम्म गोप्य राखेको छ।
अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ८८‘जुबा’८८को छायाङ्कन सम्पन्न भएको छ। अस्त्र फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रको छायाङ्कन ९० दिनमा पूरा गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रको छायाङ्कन नेपालका सर्लाही, दाप्चा, काठमाडौं र भक्तपुरका विभिन्न स्थानसँगै भारतको राजस्थानमा गरिएको हो । अस्त्र फिल्मसको ब्यानरमा निर्माण भएको ‘जुबा’की निर्मात्री सजना थापा हुन् भने सहनिर्माता शेखर पाण्डे रहेका छन्। चलचित्रको कथा तथा निर्देशन प्रकाश कर्णले गरेका छन् भने पटकथा तथा लेखन वर्षा पौडेलको रहेको छ ।चलचित्रमा सौगात मल्लसँगै सोफी धरेल र सुधन पोखरेल मुख्य भूमिकामा छन् । सोफीले ८८‘जुबा’८८मार्फत अभिनयमा डेब्यु गर्न लागेकी हुन।