शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #सुरजकुमार
  • #उपेन्द्रकुमार साह
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रादेशिक अस्पताल जनकपुरमा बिरामीको चाप बढ्दो, क्षमता विस्तारमा सरकार उदासीन
प्रादेशिक अस्पताल जनकपुरमा बिरामीको चाप बढ्दो, क्षमता विस्तारमा सरकार उदासीन
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, असोज २५, २०८३
A1 Beakery Add A1 Beakery Add

मधेश प्रदेशको प्रमुख स्वास्थ्य संस्थामध्ये एक प्रादेशिक अस्पताल जनकपुरमा बिरामीको चाप थेगिनसक्नु बनेको छ । अस्पतालको आकस्मिक कक्षमा बेड अभाव हुँदा बिरामीले स्ट्रेचर, बेन्च र भुइँमा बसेर उपचार गराउनुपर्ने अवस्था छ । तर, बिरामीको चापअनुसार अस्पतालको स्वीकृत क्षमता र जनशक्ति विस्तार हुन सकेको छैन ।

शुक्रबार बिहान अस्पतालको आकस्मिक कक्षका २५ वटै बेड बिरामीले भरिएका थिए । थप १० वटा स्ट्रेचरमा समेत बिरामी राखिएको थियो । ठाउँ अभावका कारण कुरुवाहरू भुइँमा बस्न बाध्य थिए ।

महोत्तरीको भंगहा नगरपालिका–५, राजपुरकी कलिया देवी सर्पले टोकेपछि बिहीबार साँझ अस्पताल पुगेकी थिइन् । बेड नपाएपछि उनले आकस्मिक कक्ष छेउको कोठामा रहेको स्टिलको बेन्चमा बसेर उपचार गराउनुपरेको थियो ।

त्यस्तै, महोत्तरीको बलवा नगरपालिका–१०, धमौराकी १२ वर्षीया सोनाली पासवान पेट दुख्ने समस्याका कारण अस्पताल भर्ना हुँदा बेड पाउन सकिनन् । सिरहाको कल्याणपुर नगरपालिका–भेरियाका ६० वर्ष नाघेका प्रदीप नायकले पनि बेड अभावकै कारण उपचारमा कठिनाइ भोग्नुपरेको थियो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

बिरामीका आफन्तले सरकारी अस्पतालमै बेड नपाउँदा निजी अस्पतालमा उपचार गराउन आर्थिक कठिनाइ हुने गुनासो गरेका छन् ।

२५ बेडको आकस्मिक कक्षमा ५० जनासम्मको उपचार

अस्पतालको आकस्मिक कक्ष २५ बेडको भए पनि बिरामीको चापका कारण स्ट्रेचर, बेन्चलगायतको प्रयोग गरेर ४० देखि ५० जनासम्मलाई सेवा दिनुपर्ने अवस्था रहेको चिकित्सकहरू बताउँछन् । आकस्मिक कक्षमा अवलोकन वार्डसमेत नहुँदा समस्या थपिएको उनीहरूको भनाइ छ ।

आकस्मिक कक्ष प्रशासनका अनुसार दैनिक औसत १०० देखि १२५ जनासम्म बिरामी आउने गरेका छन् । अन्य अस्पतालबाट रेफर भएर आएका सिकिस्त बिरामीलाई तत्काल उपचार आवश्यक पर्ने भए पनि सीमित जनशक्तिका कारण पर्याप्त समय दिन कठिन हुने चिकित्सकहरू बताउँछन् ।

बेड तथा भेन्टिलेटर अभावका कारण कतिपय बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्था रहेको पनि चिकित्सकहरूको भनाइ छ ।

मेडिकल अफिसर र नर्सको चरम अभाव

आकस्मिक कक्षमा आवश्यकताअनुसार चिकित्सक तथा नर्स नहुँदा उपचार सेवामा थप दबाब परेको छ । प्रशासनका अनुसार चार सिफ्टमा सञ्चालन हुने आकस्मिक कक्षमा प्रत्येक सिफ्टमा कम्तीमा चार जना मेडिकल अफिसर आवश्यक पर्ने भए पनि सीमित जनशक्तिबाट सेवा सञ्चालन भइरहेको छ ।

आकस्मिक कक्षमा रेड, एलो, ग्रिन तथा आइसोलेसन बेडका लागि आवश्यक नर्सको संख्या र उपलब्ध जनशक्तिबीच ठूलो अन्तर रहेको जनाइएको छ । प्रोसिजर रुममा आवश्यक स्वास्थ्यकर्मी तथा ट्रायाजमा आवश्यक मेडिकल अफिसरसमेत अपुग छन् ।

अस्पतालमा दैनिक आउने बिरामीबाहेक प्रहरी हिरासतमा रहेका थुनुवाको स्वास्थ्य परीक्षण तथा घाइतेको उपचारसमेत गर्नुपर्ने भएकाले कार्यरत स्वास्थ्यकर्मीमाथि थप कार्यभार पर्ने गरेको छ ।

स्वीकृत दरबन्दी १०० बेडको, सञ्चालनमा ३९० बेड

सन् १९५६ मा जानकी सार्वजनिक अस्पतालका रूपमा स्थापना भएको यस अस्पतालले विभिन्न चरणमा स्तरोन्नति हुँदै २०४८ सालमा १०० बेडको स्वीकृति पाएको थियो । अहिले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालन भइरहेको अस्पतालमा भने ३९० बेड सञ्चालनमा छन् ।

अस्पतालका प्रवक्ता डा. रामज्ञान यादवका अनुसार दैनिक करिब दुई हजार बिरामी उपचारका लागि आउने गरेका छन् । बिरामीको चापअनुसार अस्पतालको क्षमता बढाएर ८०० बेड पुर्‍याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

तर, अस्पतालमा बेड संख्या बढे पनि स्वीकृत दरबन्दी पुरानै कायम छ । अस्पताल निर्देशक डा. जामुन सिंहका अनुसार १०० बेडका लागि स्वीकृत दरबन्दीअनुसार २८ जना कन्सल्ट्यान्ट, आठ जना मेडिकल अफिसर र २५ जना नर्सको व्यवस्था छ ।

अस्पताल प्रशासनका अनुसार ३९० बेड सञ्चालनका लागि संघीय सरकारको मापदण्डअनुसार कम्तीमा ९०० जना जनशक्ति आवश्यक पर्ने भए पनि हाल करिब ४०० जनशक्तिबाट सेवा सञ्चालन भइरहेको छ । करार तथा डोर हाजिरीका आधारमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी व्यवस्थापन गरेर अस्पताल सञ्चालन गर्नुपरेको छ ।

दरबन्दी विस्तारको प्रस्ताव मन्त्रिपरिषद्बाट अघि बढ्न सकेन

मुख्यमन्त्री सतिशकुमार सिंहले डेढ वर्षअघि अस्पताललाई २०० बेडमा स्तरोन्नति गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराएको भए पनि आवश्यक कानुनी प्रक्रिया पूरा हुन सकेको छैन ।

मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) मार्फत दरबन्दी स्वीकृत गर्ने प्रक्रिया पाँच वर्षदेखि अलपत्र रहेको जनाइएको छ ।

मन्त्रालयका सचिव डा. प्रमोद यादवका अनुसार अस्पतालमा एक हजार जनशक्तिको दरबन्दी थप्ने प्रस्ताव अघि बढाउन खोजिए पनि अर्थ मन्त्रालयले असहमति जनाएपछि र मन्त्रिपरिषद्बाट स्वीकृति नपाएपछि प्रक्रिया अघि बढ्न सकेन ।

प्रदेश सरकारले अस्पतालका भवन तथा भौतिक संरचना विस्तार गरे पनि आवश्यक जनशक्ति थप्न नसक्दा सेवा सञ्चालनमा समस्या कायम रहेको छ ।

बिरामीको चाप बढ्दै जाने तर बेड, चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीको दरबन्दी विस्तार नहुने अवस्थाले जनकपुर प्रादेशिक अस्पतालको सेवा व्यवस्थापनमा चुनौती थपिएको छ । अस्पतालको क्षमता र जनशक्ति विस्तार कहिले हुन्छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ ।


प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  १६:४१
#मधेश प्रदेश #जनकपुरधाम #स्वास्थ्य सेवा #अस्पताल व्यवस्थापन #जनकपुर प्रादेशिक अस्पताल #मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान #चिकित्सक दरबन्दी #स्वास्थ्यकर्मी अभाव #अस्पतालमा बेड अभाव
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
दसैँका लागि सिँगारियो जनकपुरधामको राजदेवी मन्दिर, दर्शन व्यवस्थापनमा विशेष तयारी
दसैँका लागि सिँगारियो जनकपुरधामको राजदेवी मन्दिर, दर्शन व्यवस्थापनमा विशेष तयारी आइतबार, असोज २५, २०८३
पर्सामा एमाले नेता जालिम मियाँका दुई छोरा जेल चलान
पर्सामा एमाले नेता जालिम मियाँका दुई छोरा जेल चलान आइतबार, असोज २५, २०८३
बारामा पिकअपको ठक्करबाट वृद्धको मृत्यु
बारामा पिकअपको ठक्करबाट वृद्धको मृत्यु आइतबार, असोज २५, २०८३
५५ किलो गाँजासहित एक जना पक्राउ
५५ किलो गाँजासहित एक जना पक्राउ आइतबार, असोज २५, २०८३
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते आइतबार, असोज २५, २०८३
जनकपुरमा भन्सार छलीका ८ लाख ८५ हजार रुपैयाँका सामान बरामद
जनकपुरमा भन्सार छलीका ८ लाख ८५ हजार रुपैयाँका सामान बरामद आइतबार, असोज २५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
लागुऔषध खैरो हेरोइनसहित दुई भारतीय प्रहरीको नियन्त्रणमा
लागुऔषध खैरो हेरोइनसहित दुई भारतीय प्रहरीको नियन्त्रणमा वीरगंज सिटी
तरकारी बोकेको पिकअपमा ५७० किलो गाँजा, चालक फरार
तरकारी बोकेको पिकअपमा ५७० किलो गाँजा, चालक फरार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना वीरगंज सिटी
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
जिराभवानी–४ सुपौलीमा जलयात्रासँगै नवदुर्गा पूजा र नवरात्रि मेलाको शुभारम्भ
जिराभवानी–४ सुपौलीमा जलयात्रासँगै नवदुर्गा पूजा र नवरात्रि मेलाको शुभारम्भ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन्
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन् वीरगंज सिटी
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP