शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #सुरजकुमार
  • #उपेन्द्रकुमार साह
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • धान उत्पादनमा गिरावट, नयाँ जात विकास गर्न अनुसन्धान तीव्र
धान उत्पादनमा गिरावट, नयाँ जात विकास गर्न अनुसन्धान तीव्र
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असोज २६, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपालमा धान उत्पादन र उत्पादकत्व घट्दै गएपछि धानमा आत्मनिर्भर बन्ने चुनौती थपिएको छ। पछिल्ला तथ्याङ्कअनुसार एक वर्षमै धान उत्पादन २ लाख ५० हजार मेट्रिक टनभन्दा बढीले घटेको छ। उत्पादन बढाउने उद्देश्यले कृषि वैज्ञानिकहरूले नयाँ जातको विकास, परीक्षण र सिफारिसलाई तीव्रता दिएका छन् ।

नेपाल कुनै समय धान–चामल निर्यात गर्ने मुलुकका रूपमा परिचित थियो। तर, अहिले आन्तरिक उत्पादनले माग धान्न नसक्दा ठूलो परिमाणमा चामल आयात गर्नुपर्ने अवस्था छ। धान खेतीको क्षेत्रफल, उत्पादन र उत्पादकत्वमा आएको गिरावटले कृषि क्षेत्रको चुनौती थपिएको छ ।

धान उत्पादन बढाउने उद्देश्यले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत धनुषाको सपहीस्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथले विभिन्न जात र खेती प्रविधिमाथि अनुसन्धान गर्दै आएको छ। किसानको आवश्यकता, नेपालको भौगोलिक अवस्था र बदलिँदो हावापानीअनुसार उपयुक्त जात विकास गर्ने, परीक्षण गर्ने तथा सिफारिस गर्ने काम केन्द्रले गरिरहेको छ ।

एक वर्षमै ४.२० प्रतिशतले घट्यो उत्पादन

Add Sarwotam HospitalAdd Sarwotam Hospital

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा नेपालमा १३ लाख ७६ हजार ८७२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा ५७ लाख ५ हजार १२६ मेट्रिक टन उत्पादन भएको थियो ।

यसको अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको थियो ।

यसरी एक वर्षमा धान उत्पादन २ लाख ५० हजार ३५० मेट्रिक टन अर्थात् ४.२० प्रतिशतले घटेको देखिन्छ। धान खेतीको क्षेत्रफल पनि ४३ हजार ७६४ हेक्टरले घटेको छ। यस अवधिमा प्रतिहेक्टर उत्पादकत्व ४.१९ मेट्रिक टनबाट घटेर ४.१४ मेट्रिक टनमा झरेको छ ।

सिँचाइको अभाव, मनसुनमा अनियमितता, समयमा रोपाइँ नहुनु, गुणस्तरीय बिउ तथा मलखादको उपलब्धतामा समस्या र आधुनिक खेती प्रविधिको सीमित प्रयोगले उत्पादनमा असर पार्दै आएको अनुसन्धानकर्ताहरू बताउँछन्। जलवायु परिवर्तनका कारण बाढी, सुक्खा र असामान्य तापक्रमको जोखिमसमेत बढिरहेको छ ।

उत्पादन बढाउन नयाँ जातको अनुसन्धान

राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका प्रवक्ता तथा वरिष्ठ प्राविधिक रवीन्द्रप्रसाद साहका अनुसार किसानका आवश्यकता र राष्ट्रिय प्राथमिकताका आधारमा धानका नयाँ जात तथा खेती प्रविधिमाथि अनुसन्धान भइरहेको छ ।

उनका अनुसार हर्दिनाथ–१, हर्दिनाथ–६, बहुगुणी–२, चैते–५, साम्बा मन्सुली सब–१ र हर्दिनाथ हाइब्रिड–१ लगायतका जात सिफारिस भइसकेका छन् । यी जातमध्ये केही छोटो अवधिमा पाक्ने, केही बढी उत्पादन दिने र केही बाढी तथा सुक्खाजस्ता प्रतिकूल अवस्था सहन सक्ने विशेषताका छन् ।

हर्दिनाथ–१ करिब ११० देखि ११५ दिनमा पाक्ने र प्रतिहेक्टर करिब ४.०३ मेट्रिक टन उत्पादन क्षमता भएको जात हो। चैते–५ करिब १२० देखि १२५ दिनमा पाक्छ र यसको उत्पादन क्षमता प्रतिहेक्टर करिब ४.६ मेट्रिक टन छ। त्यस्तै, हर्दिनाथ–६ करिब १३५ दिनमा पाक्ने र प्रतिहेक्टर करिब ५.२१ मेट्रिक टन उत्पादन क्षमता भएको जातका रूपमा सिफारिस गरिएको छ ।

बहुगुणी–२ करिब १४२ दिनमा पाक्ने र प्रतिहेक्टर करिब ५.८ मेट्रिक टन उत्पादन क्षमता भएको जात हो। यसले बाढी तथा प्रजनन अवस्थाको सुक्खा सहन सक्ने बताइएको छ। हर्दिनाथ हाइब्रिड–१ करिब १२१ दिनमा पाक्ने र प्रतिहेक्टर ६.४७ मेट्रिक टनसम्म उत्पादन क्षमता भएको जात हो ।

अनुसन्धानबाट विकसित जात किसानसम्म पुर्‍याउन चुनौती

राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका प्रमुख मथुरा यादवका अनुसार अनुसन्धानबाट सिफारिस गरिएका जातको पर्याप्त प्रचारप्रसार हुन नसक्नु र उन्नत बिउ सहज रूपमा उपलब्ध नहुनु प्रमुख समस्या हुन्।

उनका अनुसार वर्षौंको अनुसन्धानपछि सिफारिस गरिएका जात किसानले पर्याप्त मात्रामा प्रयोग गर्न नसक्दा अनुसन्धानबाट अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। किसानलाई उपयुक्त जातबारे जानकारी दिनुका साथै गुणस्तरीय बिउको सहज उपलब्धता सुनिश्चित गर्न आवश्यक रहेको उनले बताए ।

अनुसन्धान केन्द्रले कार्यालय परिसरको करिब ६५ बिघा क्षेत्रफलमध्ये १५ बिघामा विभिन्न जातका धान रोपेर परीक्षण तथा अनुसन्धान गर्दै आएको छ। केन्द्रमा उत्पादन र गुणस्तरलगायतका पक्ष परीक्षण गरेपछि किसानको खेतमा समेत परीक्षण गरेर उपयुक्त जात सिफारिस गर्ने गरिएको छ ।

कार्यक्रममा सात जना वैज्ञानिक धानबालीसम्बन्धी अनुसन्धान, अध्ययन तथा प्रयोगात्मक काममा संलग्न छन्। उनीहरूले बढी उत्पादन दिने तथा बदलिँदो मौसमका जोखिम सहन सक्ने जात र प्रविधिको खोजी गरिरहेका छन् ।

किसानले ठाउँ र आवश्यकताअनुसार जात छनोट गर्नुपर्ने

अनुसन्धानकर्ता साहका अनुसार सबै धानका जातको उत्पादन क्षमता समान हुँदैन। त्यसैले किसानले आफ्नो खेतको अवस्था, पानीको उपलब्धता, खेती गर्ने मौसम र बजारको मागअनुसार जात छनोट गर्नुपर्छ ।

बास्मती, लल्का बास्मती र कालानमकजस्ता जातको चामल लामो, मसिनो र स्वादिलो हुने भएकाले बजारमा माग भए पनि तिनको उत्पादन तुलनात्मक रूपमा कम हुन सक्छ। अर्कोतर्फ, बढी उत्पादन दिने जात छनोट गर्दा सीमित क्षेत्रफलबाट पनि धेरै धान उत्पादन गर्न सकिने उनको भनाइ छ।

पानी जम्ने तथा डुबान हुने क्षेत्रमा गंगासागर–१ र गंगासागर–२ जस्ता जात उपयोगी हुन सक्ने अनुसन्धान कार्यक्रमले जनाएको छ। चैते खेतीका लागि हर्दिनाथ–१ र चैते–५ उपयुक्त विकल्पका रूपमा सिफारिस गरिएका छन् ।

जलवायु परिवर्तनअनुकूल जात विकासमा जोड

धान खेतीको समयमा पर्याप्त पानी नपर्नु, लामो समय सुक्खा रहनु, एकैपटक अत्यधिक वर्षा हुनु, बाढी आउनु र तापक्रम असामान्य रूपमा बढ्नुले उत्पादनमा असर पारिरहेको वैज्ञानिकहरू बताउँछन् ।

यस्तो अवस्थामा बढी उत्पादन दिने जातको विकाससँगै बाढी, सुक्खा र उच्च तापक्रम सहन सक्ने जातको अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ। साथै, उन्नत बिउ, सिँचाइ, सन्तुलित मलखाद, यान्त्रिकीकरण, रोग–किरा व्यवस्थापन र किसानलाई प्राविधिक परामर्श उपलब्ध गराउन आवश्यक छ ।

धान उत्पादनमा आएको गिरावट रोक्न नयाँ जात विकास गर्नु मात्रै पर्याप्त छैन। अनुसन्धानबाट सिफारिस भएका जात किसानसम्म पुर्‍याउने, गुणस्तरीय बिउ समयमै उपलब्ध गराउने र स्थानीय अवस्थाअनुसार खेती प्रविधि अपनाउन सहयोग गर्ने काम पनि उत्तिकै महत्त्वपूर्ण छ ।

नेपाललाई धान उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य हासिल गर्न अनुसन्धान केन्द्र, सरकार र किसानबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ ।


प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १३:२५
#जलवायु परिवर्तन #धनुषा #नेपाली कृषि #धान उत्पादन #कृषि अनुसन्धान #धान खेती #हर्दिनाथ #खाद्य आत्मनिर्भरता #राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम #नयाँ धानको जात
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
श्रमिकको मृत्यु प्रकरणमा अनुसन्धान सुरु
श्रमिकको मृत्यु प्रकरणमा अनुसन्धान सुरु सोमबार, असोज २६, २०८३
फेसबुकमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा जनकपुरबाट एक पक्राउ
फेसबुकमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा जनकपुरबाट एक पक्राउ सोमबार, असोज २६, २०८३
चिहानबाटै राजस्व दाखिला, उठ्यो गम्भीर प्रश्न
चिहानबाटै राजस्व दाखिला, उठ्यो गम्भीर प्रश्न सोमबार, असोज २६, २०८३
तीन पुस्ता नागरिकताविहीन, अदालतको आदेशपछि पनि बनेन सिफारिस
तीन पुस्ता नागरिकताविहीन, अदालतको आदेशपछि पनि बनेन सिफारिस सोमबार, असोज २६, २०८३
सप्तरीका खोलामा अवैध उत्खनन, ५ टिपर–ट्र्याक्टर वनको नियन्त्रणमा
सप्तरीका खोलामा अवैध उत्खनन, ५ टिपर–ट्र्याक्टर वनको नियन्त्रणमा सोमबार, असोज २६, २०८३
घटस्थापनासँगै बडादसैँ सुरु, जनकपुरधाममा सुरक्षा कडा र वीरगंजमा १५१ मिटर लामो चुनरी यात्रा | मधेशमा आज | Top 10 Madhesh
घटस्थापनासँगै बडादसैँ सुरु, जनकपुरधाममा सुरक्षा कडा र वीरगंजमा १५१ मिटर लामो चुनरी यात्रा | मधेशमा आज | Top 10 Madhesh सोमबार, असोज २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना वीरगंज सिटी
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
जिराभवानी–४ सुपौलीमा जलयात्रासँगै नवदुर्गा पूजा र नवरात्रि मेलाको शुभारम्भ
जिराभवानी–४ सुपौलीमा जलयात्रासँगै नवदुर्गा पूजा र नवरात्रि मेलाको शुभारम्भ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात वीरगंज सिटी
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन्
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन् वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP