सामाजिक सञ्जाल टिकटकमा डरत्रास फैलाउने, धाकधम्की दिने तथा समाजमा हिंसा फैलाउन सक्ने प्रकृतिका भिडियो पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१९ निवासी अन्दाजी २१ वर्षीय ‘काले’ भनिने पशुपति पासवान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पासवानलाई सोमबार बिहान आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो । टिकटकमा हिंसात्मक तथा धम्कीपूर्ण भिडियो सम्प्रेषण गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पासवानमाथि थप अनुसन्धान भइरहेको छ । उनीविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।