परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
असोज २७ गते भएको शिष्टाचार भेटमा दुई देशबीच आर्थिक तथा लगानी सहकार्य विस्तार, दक्षिण–दक्षिण सहकार्य प्रवर्द्धन र बहुपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा नेपालमा हालै आएको विनाशकारी बाढीबाट उत्पन्न परिस्थितिबारे पनि छलफल भएको थियो ।
त्यसैगरी, जलवायु परिवर्तनका चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए । जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकहरूको आवाज अन्तर्राष्ट्रिय मञ्चमा थप सशक्त रूपमा उठाउनुपर्नेमा समेत उनीहरूले जोड दिएका थिए ।