ठोरी गाउँपालिकाले कार्यालय प्रयोजन तथा विभिन्न योजना र निर्माणसम्बन्धी शीर्षकबाट १ करोड ८ लाख १ हजार १२४ रुपैयाँ इन्धनमा भुक्तानी गरेको छ ।
तटबन्ध, बाँध निर्माण तथा ग्रामीण सडक स्तरोन्नतिलगायतका शीर्षकबाट मात्रै ८५ लाख ३५ हजार १२४ रुपैयाँ इन्धनमा खर्च गरिएको महालेखाले जनाएको छ । तर कुन योजनाका लागि कति इन्धन खर्च गर्ने भन्ने विषयमा कार्यपालिकाबाट बजेट विनियोजन वा स्पष्ट निर्णय नगरी इन्धन बिलका आधारमा खर्च गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।